विराटनगर । विराटनगर महानगरपालिकाले नगरसभाको बैठक पछि विभिन्न शिर्षकमा बढाएको कर तत्काल सच्याउनुपर्ने माग राखेका छन् ।

नेकपा (नेपाल कम्यूनिष्ट पार्टी) विराटनगर समिति महानगरको बढाएको कर तत्काल सच्याउनुपर्ने माग राख्दै आइतबार ज्ञापनपत्र बुझाएका हुन् ।

साउन ७ गतेसम्मको हदम्यादसहित बुझाइएको ज्ञापनपत्रमा पछिल्लो समय नगरसभाले बृद्धि गरेको १००० प्रतिशतसम्मको कर तत्काल सच्याउनु पर्ने माग अगाडी सारिएको छ । निर्वाचित भएर एकवर्षसम्मका कामको प्रगति विवरण सार्वजानिक गरेको भोलिपल्ट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका कमजोरी देखाउँदै प्रतिपक्षी÷प्रतिद्वन्द्वी दल विरोधमा उत्रिएको हुन् ।

उनीहरु महानगरको करबृद्धि, भ्रष्टचार र अनियमितताको विरोधमा उत्रिए । ज्ञापनपत्रमा व्यक्तिगत घटना दर्ता, सिफारिस जस्ता सामान्य शिर्षकमा समेत पाँचसयदेखि हजार प्रतिशतसम्म कर बृद्धि हुनु हास्यास्पद भएको दावी गरिएको छ । एकवर्षको अवधीमा प्रमुखको हैसियतले कार्यन्वयन गरेका विकास निर्माणको कामको प्रगति २५ प्रतिशत पनि नदेखिएको गम्भीर आरोप समेत लगाइएको छ ।

नगरका सडक हिलाम्य र धुलाम्य, अस्तव्यस्त, सेवा प्रवाहमा ढिलासुस्ती, निर्माणका कामका अनियमितता जस्ता समस्या यत्रतत्र रहेको उल्लेख गरिएको छ । महानगरले गर्ने विकास निर्माणका कामहरु कोटेशनको भरमा प्रमुखको तोक आदेश अनुसार मात्रै हुने गरेकोले विराटनगर महानगर ‘कोटेशन नगर’ भएको नेकपामा नगर संयोजक सागर थापाको दावी छ ।

ज्ञापन पत्र बुझाएपछि संयोजक थापाले एकवर्षसम्म यूवा नेतृत्वलाई काम गर्ने अवसर दिएका थियौं तर १ करोड ७५ लाख रुपैँयाको गिट्टी हाल्दा गरिएको भ्रष्टचारले आफैंलाई लज्जाबोध भएको उल्लेख गरेका थिए । तीनपैनी–अस्पतालचौक–घोघापैनीसम्मको ४ किलोमिटर दुरी सडक कालोपत्रेमा १२५ कोटेशन मगाएर प्रमुखको तोक आदेशमा काम भएको थापाको आरोप थियो ।

हरेक काम हुँदा कोटेशनबाट गराईनुले २० प्रतिशत कमिसनको खेललाई उजागर गर्नेतर्फ नगरवासी सचेत रहेको भन्दै थापाले प्रमुख पराजुलीलाई युवा नेतृत्वको असक्षमता प्रस्तुत नगर्न आग्रह समेत गरेका छन् । पछिल्लो एक महिना भित्रै जेसिभी प्रयोग गरिए वापत महानगरको आर्थिक शाखाले १० लाख रुपैँया भुक्तानी गरेको, धुलो मार्न पानी छिट्ने ट्याङकरलाई ७ लाख रुपैँया भुक्तानी गर्नु आफैंमा भ्रष्टचार दर्शाउने प्रमाण भएको थापाले बताएका छन् ।

यसैगरी महानगरको बोर्ड बैठकले दशजना स्वास्थ्य सहयोगी पदमा कर्मचारी भर्ना गर्ने निर्णय विरुद्ध १९ जनालाई नियुक्ति दिएकोप्रति पनि थापाले प्रमुख पराजुलीको ध्यानाकर्षण गराएका छन् । पराजुलीले दशजनाको दरबन्दी कायम गरेर १९ जना कर्मचारी नियुक्ति गर्नुको रहस्य पार्टीको भर्ति केन्द्र बनाउने योजना देखिएको दावी गरिएको छ ।

यस्तो छ बढाएको शुल्कको अवस्था

विराटनगर महानगपालिको हालै बसेको नगर सभाले विभिन्न शिर्षकमा करवृद्धि गरेको छ । विभिन्न २७ शिर्षक, उप–शिर्षकमध्ये जन्म–मृत्यु, विवाह, बसाईसराईमा एकसयबाट पाँचसय सिफारिस शुल्क कामय गरिएको छ । यसैगरी एकसयमा हुँदै आएको नाम थर संशोधनलाई पाँचसय, ५ सयमा हुँदै आएको पेन्सन कार्ड सिफारिस २ हजार, एकसयमा हुँदै आएको हकवाला संरक्षण सुचना पाँचसय, पाँचसयमा हुँदै आएको गैसस क्लव र बाचनालय २ हजार, एक हजारमा हुँदै आएको ठूला गैसस १० हजार, १ सय २५ मा हुँदै आएको व्यवसाय लगतकट्टा २ हजार पाँचसय, कच्ची घर विद्युत तथा खानेपानी जडान २ सय १० बाट १ हजार पु¥याइएको छ ।

त्यस बाहेक विद्यालय दर्ता अनुमति २५ सयबाट १० हजार, विद्यालय वार्षिक कर १ हजारबाट १० हजार, विद्यालय गाभ्ने र ठाउँसारी १० हजार रुपैँया पु¥याइएको छ । भेटनरी उपचारलाई एकसयबाट पाँचसयमा बृद्धि गरिएको छ ।

जग्गाको चारकिल्ला सिफारिस प्रमाणका लागि अब ५ सयबाट २ हजार ५ सय तिर्नुपर्ने छ भने छुट जग्गा सिफारिसमा २ हजारबाट १० हजार पुगेको छ । घर बाटो सिफारिसलाई २ हजारबाट ४ हजार पु¥याइएको छ । सम्पति मुल्याकंन पत्र बनाउँदा ७ हजार तिर्नुपर्ने छ । घर नक्सा पास दस्तुरलाई १२ रुपैँया प्रतिफिटबाट बढाएर २४ रुपैँया प्रतिफिट कायम गरिएको छ ।

सम्पति कर वार्षिक एककरोड मुनी ०.४ र एक करोडमाथि ०.६ प्रतिशतले बृद्धि गरिएको छ । पूर्वाधार विकास शुल्कका नाममा सम्पति करमा अतिरिक्त १० हजारसम्म तिर्नुपर्ने हुन्छ । मालपोत भूमिकरलाई ५ सयदेखि १ हजार ५ सयसम्म पु¥याइएको छ । व्यवसाय करमा एकहजार प्रतिशत बृद्धि गरिएको छ भने पार्किङ्ग शुल्कलाई १ सयबाट १ सय ५० रुपैँया तोकिएको छ ।

सम्बन्ध विच्छेदलाई ५ सयबाट बढाएर २ हजार शुल्क तोकिएको छ । नाला, ढल शुल्क वापत प्रतिमहिना पाँचसय रुपैँया बुझाउनु पर्नेछ । यतिमात्रै नभई विकास निर्माणमा सहभागिता शुल्क वडास्तरीय उपभोक्ता संस्थाले १५ देखि ३० प्रतिशत बुझाउनु पर्ने हुन्छ भने शिक्षक सरुवा सिफारिसमा समेत शुल्क तोकिएको छ ।