यासोक । प्रदेश न. एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मैसमले, जनप्रतिनिधिलाई जनउत्तरदायी बन्न सुझाब दिएका छन । उनले, अधिकाम्स स्थानीय निकायहरुमा बिकाशलाई भन्दा पनि पौसालाई जोडदिएकाले आगामी दिनमा आफ्नो क्षेत्रको बिकाशलाई जोड दिन आग्रह गरे ।

पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाउँसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । जनताको असिमित चाहानालाई सिमिति साधन र श्रोतले धान्नु पर्ने भएकाले जनतामुखि कार्यक्रम ल्याउँन आङवोले सुझाब दिए । जनप्रतिनिधिको रुपमा निर्वाचित भईसकेपछि आफ्नो वडामा कसरी बजेट बढि पार्ने हो भन्ने होड भन्दा पनि कसरी बिकाश गर्ने भन्ने बिषयलाई प्राथमिकता दिन आग्रह गरे । पाँचथरको निर्वाचन क्षेत्र न. २ ‘ख बाट आफु निर्वाचित भएको क्षेत्रमा जिल्लाको कुल रकमको ६० प्रतिशत रकम विनियोजन गरेको दावि गरे । उनले कुम्मायक गाउँपालिकामा मात्रै ९ करोड रकम छुट्याईएको बताए । पाँचथर जिल्लाकै दोस्रो कम बजेटको रुपमा कुम्मायक गाउँपालिकाले नीति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ । गाउसभाबाट स्वीकृत गरेको आर्थिक बर्ष २०७५÷७६ को लागि विनियोजन गरेको बजेट कुल १६ करोड ८० लाख छ । यो बजेट पाँचथर जिल्लाका आठ वटै स्थानीय तहको भन्दा दोस्रो कम बजेट हो । कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बजेट सार्वजनिक गरेका थिए । गाउँपालिकाकोे बित्तीय अनुदान तर्फ, ७ करोड १३ लाख, राजस्व बाडफाडको ५ करोड, ७ लाख ९२ हजार, त्यस्तै शर्शत्त अनुदान तर्फ ९ करोड ७५ लाख रुपयाँको बजेट सार्बजनिक गरेको छ । त्यस्तै प्रदेश सभाबाट गाउँपालिकाले बित्तीय समानिकरण अनुदान कुल ३३ लाख १२ हजार रुपयाँ प्राप्त गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा २५ लाख राजस्व संकलन गर्ने महत्वकाक्षी योजना अघि सारेको छ । गत बर्ष भन्दा कम बजेट केन्द्रबाट प्राप्त भएकाले यो आर्थिक बर्षमा उत्पादनशिल क्षेत्रमा बजेट खर्च गर्ने लक्ष्य लिएको छ । आर्थिक बर्ष २०७५÷७६ को बजेटबाट कृषि, पशु, शिक्षा, स्वास्थ्य र भौतिक पुर्वधारमा जोड दिएको छ । उत्घाटन कार्यक्रममा प्रदेश न. १ का आर्थिक मामिला तथा याजना मन्त्री इन्द्रबहादुर आङबो, जिल्ला समन्वय समिति सदश्य बिस्नु प्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्ला प्रहरी प्रमुख बामदेव गौतम, कुम्मायक गाउँपालिकाका जनप्रतिनिधि, संघसस्था, राजनैतिकदलका प्रतिनिधि लगायतको उपस्थीतिमा सम्पन्न भएको थियो ।