रंगेली । पूर्वाञ्चलका १६ जिल्लामा असार ३१ गते सम्ममा ४८ प्रतिसत रोपाई सम्पन्न भएको क्षेत्रीय कृषी निर्देशनालयले जनाएको छ । जस मध्ये सबै भन्दा बढी हिमाली जिल्ला सोलुखुम्बुमा ९६ प्रतिसत रुपाइ भएको छ ।सबैभन्दा कम तराइको जिल्ला सप्तरीमा २८ प्रतिसत मात्र रोपाइ भएको छ । हिमाली जिल्लाहरु ताप्लेजुङ ७६,सखुवासभा ४० प्रतिसत रोपाइ सम्पन्न भएको छ । हिलामाली जिल्लाहरुको समग रोपाइ ५६ दशमलव ५९ प्रतिसत रहेकोे क्षेत्रीय कृषी निर्देशनालायले जनाएको छ । उता पहाडी जिल्लाहरु पांचथर ४९,इलाम ३५,भोजपुर ८०,तेह्रथुम ७०,धनकुटा ३०,उदयपुर ४०,ओखल्ढुङगा ५५,खोटाङ ५७ प्रतिसत रोपाइ भएको निर्देशनालयको तथ्याङक छ । पहाडी जिल्लाहरुमा समग्र रोपाइ ५३ दसमलव ६८ प्रतिसत भइसकेको छ । यता धान उत्पादनकोलागी मुख्य मानिएका तराइका जिल्लाहरु झापा ५७,मोरङ ५५,सुनसरी ४५,सिराहा ४० प्रतिसत रोपाइ सम्पन्न भएको छ । तराइका जिल्लाहरुको समग्र रोपाइ ४५ दशमलव ९६ प्रतिसत रहेको छ । पूर्वाञ्चलमा धान खेति हुने जमिन ४ लाख ६६ हजार २ सय ८६ हेक्टर रहेकोमा २ लाख २३ हजार ८ सय ७३ हेक्टरमा रोपाइ सम्पन्न भइ सकेको क्षेत्रीय कृषी निर्देशनलायले जनाएको छ । पर्याप्त वर्षा नहुदा मोरङ,सुनसरीको दक्षीणी क्षेत्रको रोपाइ केहि प्रभावित भएको निर्देशनालायका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए । यद्यपी किसानहरुले स्थानिय स्रोत,बोरीङ,पानी तान्ने पम्पको प्रयोग गरेर पनि रोपाइ गरी रहेकोले रोपाइ समयमै सम्पन्न हुने अधिकृत अधिकारीले बताए । उनले रोपाइको समयमा आवश्यक पर्ने रसायनीक मलको भने अभाव कायमै रहेको जानकारी दिए ।