इटहरी । खोलाको वितण्डा रोक्न सरकारले चासो नदिइरहेका बेला इटहरीका स्थानीय भने आफै तटबन्धमा जुटेका छन् । इटहरीबासीको लागि ुकहरु बन्दै आएको बुढी खोलामा अस्थायी रूपमा तटबन्ध बनाउन स्थानीय जुटेका हुन् । बुढीखोलाले गतवर्ष मात्रै ९ परिवार भन्दा बढीको घर बगाएको थियो । स्थानीय सरकारले पनि वेवास्त ागरेपछि स्थानीयले दैनिक श्रमदान गर्दै तटबन्ध निर्माण गरिरहेका हुन् । दैनिक दुई सयले श्रमदान गरिरहेका छन् । सरकारी पक्षको काम प्रभाबकारी नभएको भन्दै स्थानीय आफै बाँध बाधिरहेका छन् । गतवर्ष तटबन्धको लागि इटहरी उपमहानगरले २० लाख रूपैया खर्च गरेको थियो । तर, उक्त लगानी बालुवामा पानीझै बनेको थियो । खोलाको दुवैतिरका संरचनाहरु भत्काएको करिब एकवर्ष पुग्दा पनि स्थानीय सरकारले पहल नगरेपछि स्थानीयले आफ्नै पहलमा तटबन्ध शुरु गरेको असल शुसासनका अध्यक्ष हिरा आचार्यले बताए । उनले भने, ुसरकारले नहेरेपछि हामी आफैले बाढी नियन्त्रण गर्न बाँध बाँध्न थालेका छौ ।ु सात दिनदेखि लगातार स्थानीय तटबन्ध निर्माणमा लागेको उनले बताए । स्थानीयले पटक पटक इटहरी उपमहानगरलाई आग्रह गर्दा तारजाली र ढुङ्गा दिने भनिए पनि हालसम्म उपलब्ध नगराएको स्थानीय सारदा श्रेष्ठले बताइन् । सर्वसाधरणहरु दैनिक बाढीको त्रासमा बस्नु परेको भन्दै आफूहरु अहिले दैनिक श्रमदान गदै आएको उनको भनाइ छ । ुअघिल्लो बर्ष बाढीले भत्काएको तटबन्ध कसैले बनाएनन्, हामी आफैले बनाउन शुरू ग¥यौ ।ु उनी भन्छिन् । स्थानीय सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरिन । ुजाली र ढुंगाको पैसा उपमहानगरले दिन्छु भनेर मौखिक भनेको छ ।ु बुढी खोला टतबन्ध उपभोक्ता समितिका संयोजक मातृक आचार्यले भने । प्रत्येक घरको एक जनाले श्रमदान गरिरहेको उनले बताए । गतवर्ष बाढीको बितण्डाको शिकार भएका इटहरी(९ मरिक टोल र इटहरी(१० शिवनारायाण टोलबासी थप सक्रिय बनेका छन् । स्थानीय जनश्रमदान भइरहे पनि उपमहानगरले तारजाली नदिँदा काम रोकिएको अध्यक्ष आचार्यको भनाइ छ । इटहरी(९ र १० मिलेर काम तटबन्धको काम गरिरहेको उनी बताउँछन् । हालसम्म करीब ४५ लाखको काम गरिसकेको उनको भनाइ छ । २ सय थान जाली उपमहानगरपालिकाले दिएको छ भने १ सय टिूपर ढुंगा उधारो लिएर काम गर्दै आएका छन् । यता इटहरी उपमहानगरपालिकाको नगर स्तरीय विपत् व्यवस्थापन समितिका सदस्य सचिव पुस्प नारायण चौधरीले बाँधहरु निमार्ण कार्य भइरहेको र त्यसमा तारजाली र ढुङ्गा इटहरी उपमहानगरले नै दिने जनाए । उनले इटहरीको बुढी खोलाको बाँध बाध्नै पर्ने अवस्था आएको कारण जनता आफैले बाँधेको बताएका छन । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आईतबार सर्वसाधरणले काम गरेको हेर्ने पुगेका थिए । गत साउन २७ गते बुढी खोलामा गएको बाढीले इटहरीमा ९ जनाको ज्यान गएको थियो भने बुढी खोला आसपासका ६ दर्जन भन्दा बढी घरटहरामा क्षति पु¥याएको थियो ।