ताप्लेजुङ ।  पाथिभरा याङ्वरक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ३१ करोड २४ लाख २६ हजारको बजेट पारित गरेको छ । संघबाट पाप्त हुने वित्तय सामानिकरण अन्र्तगत ९ करोड ९५ लाख, सशर्त अनुदान अन्र्तगत ११ करोड ४० लाख, राजश्व बाँढफाँढ संघिय विभाज्य कोषबाट ४ करोड ४१ लाख ८१ हजार, प्रदेशबाट वित्तय सामानिकरण अन्र्तगत ३३ लाख ३६ हजार, सशर्त अनुदान अन्र्तगत १ करोड, राजश्व बाँढफाँढ प्रदेश विभाज्य कोषबाट १ करोड २० लाख र पाथिभरा याङ्वरक गाउँपालिकाबाट ५१ लाख ३० हजार साथै आर्थिक वर्ष ७४÷७५ मा बाँकी रहेको १ करोड ५६ लाखको बजेट तेश्रो गाउँअधिवेशनले पारित गरेको हो । बजेट सर्वसम्मतले पारित भएको गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्वोले बताए ।

गाउँपालिकाले चालुतर्फ १४ करोड ९६ लाख ९१ हजार चार सय र बिकास (पुजीगत) तर्फ १५ करोड ४६ लाख २४ हजार रुपैंया विनियोजन गरेको छ । चालुतर्फ ४७.९१ प्रतिशत बजेट छुट्याउदा बिकास तर्फ भने ५२.०८ प्रतिशत छुट्याइएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रमेश राईले जानकारी दिनुभयो ।

यसैबिच गाउँपालिकाले यातायात पुर्वाधारलाई दिगो र व्यवस्थित बनाउन गाउँपालिकामा साधन स्रोत जुटाउने साथै आफ्नै साधन र स्रोतको प्रयोगबाट गाउँपालिकाको आन्तरिक आम्दानीमावृद्धि गर्ने निति समेत लिएको छ । यस्तै गाई पालनमा ५० प्रतिशत अनुदानको माध्यमबाट गाउँपालिका भित्र दुग्ध पदार्थ तथादुग्ध जन्य बस्तुको उत्पादनको माध्यमबाट रोजगारी सिर्जना गर्दै गरिबी न्यूनिकरण गर्दै लैजाने, प्रविधि मैत्री शैक्षिक संस्थाहरुको बिकास गर्दै लैजाने, जिरो होम डेलिभरीको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै मातृशिशु मृत्युदर घटाउने, वन तथा वनजन्य बस्तुहरुको संरक्षणमा जोड दिने लगायतका निति समेत गाउँपालिकाले लिएको छ ।