पथरी ।  पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

आइतबार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै सो बराबरको रकम सार्वजानिक गरेको हो । सम्मेलनमा बजेटलाई नगरको प्रवक्ता यामप्रसाद गुरागाँईले प्रस्तुत गरेका थिए । संघबाट १५ करोड ८५ लाख, प्रेदश सरकारबाट ४२ लाख २३ हजार,राजश्व वर्गीकरणबाट ९ करोड २१ लाख २० हजार, एलजीसीडिपीबाट ७ लाख १७ हजार, सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार, आन्तरिक आय ४ करोड ६ लाख,सामाजीक सुरक्षा अनुदान रु १० करोड ७० लाख २९ हजार, सशर्त अनुदान रु १७ करोड ११ लाख र सडक बोर्डबाट रु ४० लाख, जनसहभागीताबाट रु १ करोड ५ लाख गरी कुल ६० करोड २९ लाख २७ हजारको आय प्रस्तुत गरेका थिए ।

यसैगरी खर्च तर्फ चालु प्रशासनिक खर्च ९ करोड २१ लाख २० हजार, सशर्त अनुदानको १७ करोड ११ लाख, ८५ लाखको दरले प्रत्येक वडा कार्यलयहरूलाई सिलिङ र पूँजीगत तर्फ १३ करोड २० लाख १५ हजार गरी बाँकी ८ करोड ५० लाख पूर्वाधार र विकासमा खर्च हुने जनाइएको छ । नगरले आर्थिक बर्ष २०७५/०७५ मा आन्तरीक आम्दानी २३.०४ प्रतिशतले लक्ष्य भन्दा बढी प्राप्त गरेका जनाएको छ ।

नगरले ढल निकास परियोजनाका लागि जग्गा खरिद गर्न ६८ लाख रुपियाँ, जनता आवास कार्यक्रमका लागि १५ लाख, खेलकुद प्रवद्र्धनका लागि ११ लाख, फोहोर मैला ब्यवस्थापनका लागि १० लाख रुपियाँ विनियोजन गरेको छ । त्यसैगरी नगरले कृषि तथा सिंचाईका लागि ८५ लाख,लक्षित समूदायका लागि ४५ लाख, विद्युत एवं उर्जामा ३५ लाख ,मठ मन्दिरका लागि २१ लाख,विपद ब्यावस्थापनका लागि १० लाख, पशुपंक्षीमा ३० लाख,सञ्चारमाध्यम प्र्रवद्र्धनको लागी ५ लाख, भाषा साहित्यमा ५ लाख र पर्यटनमा ५ लाख रुपियाँ विनियोजन गरिएको प्रतिवेदन प्रवक्ता यामप्रसाद गुरागाईले प्रस्तुत गरेका थिए ।

त्यसैगरी संघिय सरकार र समपुरक कोषबाट सडकमा ३ करोड ७५ लाख रुपैया रकम विनियोजन गरेको छ । रजत जयन्ती सडक कालोपत्रे, बुद्धमार्ग कालो पत्रे, शनिश्चरे हुदै दोहोलु शुक्रबारे कालो पत्रे गरिने भएको छ । त्यसैगरी स्वास्थमा १ करोड,शिक्षामा ८५ लाख, डाँसमोङ्गी खोला तटबन्धन १ करोड, पथरी र लाटीहोली तटबन्धन १५ लाख विनियोजन गरेको छ । त्यसैगरी पुलमा १ करोड ५० लाख विनियोजन गरेको छ । जस्मा सो रकमले वडा नं. २ र १० जोड्ने पथरी खोला, वडा नं. ५ को मैनाखाडी पुल, वडा नं. ६ को केर्खा खोलामा पुल लगाउने भएको छ । त्यसैगरी नगरले टिफर र कार्यालयको गाडी खरिद गर्न १ करोड ५० लाख रुपैया विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०५५/०५६ का लागी २०२ वटा कुल योजना अघि सारेको थियाे । जस्मा वडा नम्बर १ मा ९ वटा , २ मा २१ वटा, ३ मा २० वटा,४मा २६ वटा, ५ मा १२ वटा, ६मा ११ वटा, ७मा १७ वटा, ८ मा १४ वटा, ९मा १३ वटा र १०मा १२ वटा वडागत योजना बनेका छन् । नगरपालिकाले गत आर्थिक वर्षमा नगरको ३७ सय मिटर सडक कालो पत्रे, ७ हजार ५ सय मिटर नाला र २५ वटा कल्भर्ट निर्माण गरेको छ भने २६ हजार ३ सय मिटर सडक ग्राभेल गरेको नगरका भौतिक पूर्वाधार समिति संयोजक तथा वडा नं. १ का अध्यक्ष बाबुराम ऐक्देनले बताए ।

नगरले सामाजिक सुरक्षा भत्ता अशक्त र असक्षमहरुलाई घरघर पुराई दिने, भूटानी शरणार्थी शिविरले ओगेटेको जग्गामा वृहत जातीय तथा सांस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रममा बताएका छन् ।