इटहरी । पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा गत शुत्रबार मृत्यु भएको कैदीबन्दीको शंकास्मत भएको भन्दै आफन्तहरुले उच्च स्तरीय छानविनको माग गरेका छन । लागूऔषध मुद्दाका ४५ दिनको लागी झुम्का कारागार चलान भएका इटहरी वडा नं. १७ का ३५ बर्षीय सन्जु शेर्पाको मृत्यु कारागार भित्र कुटपिटकै कारणले भएको आरोप लगाउँदै आफन्तले उच्चस्तरीय छानविनको माग गरेका हुन ।
बिहिबार रिपोर्टर्स क्बल सुनसरीको सभाहलमा पत्रकार सम्मेलन गदै मृतक शेर्पाको आफन्तहरुले कारागार भित्र कुटपिट गरेर शेर्पाको मृत्यु भएको आरोप लगाए । मृतकी श्रीमती लिलामायाँ राई श्रीमानको शरीरभर निलडामभ भएको तस्विर देखाउँदै भनिन् मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो । राईले भनिन् मेरो श्रीमानको कसरी मृत्यु भयो ? पोष्टमाटम सम्म किन भएन ? उनको प्रश्न थियो । शरीरको ढाड र पातामा चोटै चोट भएको जनाउँदै मृतकी श्रीमतीले कारागार भित्र उच्च स्तरीय छानविन गर्ने माग गरेकी छिन ।
२०५६ सालको मुद्दामा असार २४ गते अदालतमा आफै उपस्थित भएर कैद भुक्तानका लागि कारागार थिए मृतककी श्रीमती राईले गहभरी आँसु पादै भनिन् मैले न्याय पाईन । हाम्रो स्कुलको गाडी चलाउँदै आएका उनले आफु सँगैको सल्लाहमा ४५ दिनको जेल भुक्तानी गर्ने कारागार गएको उनको भनाई थियो । मेरो श्रीमानको हत्या भएको हो उच्च स्तरीय छानविन समिति बनोस उनले पत्रकारहरु सँग भनिन् । कारागारकै लापरर्वाहीले आफ्नो श्रीमानको मृत्यु भएको उनको दाबी थियो ।
भिनाजुको मृत्यु कुटपिटकै कारण भएको मृतकका साला किरण राईले आरोप लगाए । मृत्यु भएको बेला सबै कुरा थाहाँ भएन घरमा मलामी आएका थिए,लामा पढ्दै थियो त्यही बेला निलडामको कुरा उठाए पनि आफुहरुले मलामी फर्काउँनु हुदैन भनेर चुपचाप बसेको उनको भनाई थियो ।
उनले कारागारको लापरर्वाहीले नै भिनाजुको मृत्यु भएको आरोप लगाउँदै छानविनको माग गरेका छन। मृत्यु पछि पनि आफन्तलाई झुम्का कारागारले झुक्याएको भन्दै प्रशासनले पोष्टमाटम समेत नगर्नु शंकास्पद छ उनी भन्छन् ।
‘कारगारमा उनी एकदमै बरबराउने र एक्लै बोल्ने गर्थे,’ ब्लक नं. २ का कैदीबन्दी चौकीदार खडग राईंले भने । हामीले उपचारको कुनै कन्चुसाई गरेनौ उपचार गर्ने परिवारकै आग्रहमा अस्पताल लगिएको हो चौकीदार राईले भने । कारागार भित्र कुटपिट कसैलाई हुदैन हामीले उहाँलाई दुब्र्यवाहार सम्म गरेका छैनौ कसैले कुटपिट गर्यो भनेर आरोप लगाउँनु बेकार छ उनी भन्छन् ।
यता क्षेत्रीय कारागार झुम्काले भने उनीहरुको आरोपमा सत्यता नभएको जनायो । बाँकी कैद गर्ने आएकै दिन शेर्पा मादक पदार्थ सेवन गरेर आएको जनाएको छ । असार २६ गते स्वास्थ्यमा समस्या देखिए पछि मृतकका आफन्तले झुम्काको साँही मेडिकलमा ल्याएर उपचार गरेका थिए । उनलाई कैदभुक्तानीका लागि कारागारको ब्लक नं. २ मा राखिएको थियो झुम्का कारागारका जेलर गणेश अधिकारीले भने । हामीले पोष्टमाटम गर्नु भन्नु मिल्दैन थियो ।
पोष्टमाटमको बारेमा हामीले केहि भनेनौ जेलर अधिकारीले भने । शेर्पाको मादक पदार्थ सेवनै कारण मृत्यू भएको हुन सक्ने प्रशासनको भनाई छ । स्वास्थ्य जाँच गर्दा पनि डाक्टरले अल्कोलिक भनेर लेखेर दिएको जेलर अधिकारीले बताए ।