विराटनगर/विराटनगरमा रहेको कोवास र कान्तिपुर कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम दिएको छ । स्कूल परिसरमा बिहीबार छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि कलेजले विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम दिएको हो ।
कोवास कलेजले कक्षा ११ विज्ञान, कम्प्यूटर साइन्स तथा व्यवस्थापन संकायमा २३ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराए । कलेज व्यवस्थान समितीको अध्यक्ष अजयकुमार दासको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दयाराम राई, कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठ, कलेजका संस्थापक गेनेश्वर साह, प्रा.डा.ईन्दुशेखर झा र डा. घनश्याम श्रीवास्तवलगायतले कलेजको बारेमा जानकारी गराएका थिए । कलेजमा भर्ना भएका विज्ञान संकायमा २ सय ८५, कम्प्यूटर साइन्समा १ सय ५० र व्यवस्थापन संकायमा ३ सय सय ५० जना विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।
त्यस्तै कान्तिपुर कलेजले कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायमा चौथो ब्याचमा ७ सय ५० भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराए । कलेज व्यवस्थापन समितीको अध्यक्ष रञ्जन कार्कीकोे सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास समन्य समितीका उप–सचिव राजेन्द्र बुढाथाकी, कलेजका प्रिन्सिपल सन्तोष भगत, भाइस प्रिन्सिपल भूवन नेपाल, कलेजका सिइओ विष्णु दाहाल, कलेजका पूर्व अध्यक्ष जनक अधिकारी, कलेजका संस्थापक तेजनारायण मण्डल, प्रा.डा.ईन्दुशेखर झा, प्रा. सन्जय ठाकुर र स्मृती स्कूलकी प्रिन्सिपल रिता न्योपानेलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।