सिरहा । सिराहको मिर्चैया ट्राफिक प्रहरीले एक वर्षमा ४ हजार ९ सय सवारीसाधनलाई कारबाही गरी ३४ लाख ९५ हजार राजस्व असुली गरेको छ । यो तथ्याङ्क ०७४ साउन १ गतेदेखि ०७५ असार ३२ गतेसम्मको हो । बस १ सय ३१, जीप ८ सय ७५, ट्रक–टिपर १ हजार ५ सय ५०, मोटरसाइकल १ हजार ९ सय ८२, ट्रयाक्टर ३ सय ९ र ५३ ओटा टेम्पोलाई कारबाही गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका इञ्चार्ज प्रहरी नायव निरीक्षक मनोजकुमार चौधरीले बताए । १ सय ३ जना मापसेमा एक वर्षको अवधिमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३ जना चालकलाई मिर्चैया ट्राफिक प्रहरीले कारबाही गरेको छ । २० जनाको सवारी चालक अनुमति–पत्रमा प्वाल पारिएको र ८३ जनासँग चालक अनुमति–पत्र नरहेको पाइएको छ । १३ जनाको मृत्यु अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैया क्षेत्रमा एक वर्षको अवधिमा ४४ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । जसमा ११ जना पुरुष, १ जना महिला र १ जना बालक रहेको इञ्चार्ज मनोजकुमार चौधरीले बताए । दुर्घटनामा २४ जना गम्भीर घाइते र ५३ जना सामान्य घाइते भएका छन् । १२ मुद्दा दर्ता एक वर्षको अवधिमा मिर्चैया क्षेत्रमा भएको सवारी दुर्घटनामा १२ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । २ जना धरौटीमा छुटेका छन् । मुद्दा दर्ता भएकामध्ये ३ जनामाथि अनुसन्धान भइरहेको छ । २ जना फरार रहेको इञ्चार्ज चौधरीले जानकारी दिए । चेकजा“चमा कडाइ सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । सवारी चालकको लापरबाही, मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, अत्यधिक यात्री बोक्नेजस्ता कार्य घटाउन सक्रियता बढाएको हो । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाइ गरेका छन् । खासगरी पूर्व–पश्चिम लोकमार्गमा लामो तथा छोटो दूरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाइ गरिएको इञ्चार्ज मनोजकुमार चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐनअनुसार कारबाही गरिरहेको इञ्चार्ज चौधरीले बताए ।