विराटनगर ।अपराध अनुसन्धानमा विशेष कौशल प्रदर्शन गरिरहेका प्रहरी हवल्दार भक्तबहादुर विष्टको बढुवा भएको छ ।

ठूला अपराधमा सुक्ष्म रुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्न सफल हुने प्रहरी हवल्दार विष्टको असाईमा बढुवा भएको हो ।

बढका भएका विष्टलाई जिल्ला प्रहरी कार्यालय मोरङले  शुक्रबार एक कार्यक्रम आयोजना गरि दर्जा चिन्ह प्रदान गरेको छ । विष्टलाई दर्जा चिन्ह जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले प्रदान गरे । प्रदेश नम्बर १ बाट हवल्दारबाट असाईमा बढुवा हुने विष्ट मात्र हुन् । प्रहरी संगठनमा रहेर उत्कृष्ट काम गर्ने देशभरीमा गृह मन्त्रालयले ६ जना प्रहरीको मात्र बढुवा गरेको छ । जसमध्धे विष्ट उत्कृष्ट काम गर्ने प्रहरीको सूचिमा परी बढुवामा परेका हुन् ।

विष्टलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई पटक पुसिल अफ दी मन्थको उपाधिबाट सम्मानित भइसकेका छन् । अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई गएको बैशाख महिनाको पुलिस अफ दी मन्थको उपाधिबाट सम्मान गरेको थियो ।

ठूला अपराधमा सुक्ष्मरुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्न मद्धत पुर्याएका कारण वर्षको पहिल्यै महिनाको उत्कृष्ट प्रहरीबाट तत्कालिन प्रदेश प्रहरी प्रमुख डीआईजी ज्ञानविक्रम शाहको पालामा सम्मानित भएका थिए ।

विष्टको सक्रियता र सफल अनुसन्धानकै कारण मोरङमा घटने अपराधमा संलग्नहरु चाँडो पक्राउ परिरहेका थिए ।

उनले पछिल्लो समय पूर्वमा भएका ठूला र जघन्य प्रकृतिका अपराधिक घटनाको सफल अनुसन्धान गरेका कारण उनी उच्च प्रहरी अधिकारीको नजरमा परेका थिए । पदीय हिसावले सानै जिम्मेवारीमा रहेका विष्टले गर्ने अनुसन्धान कुनै अनुभवी र अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी अधिकारी भन्दा कम नभएको प्रहरी अधिकारीहरु नै बताउने गरेका थिए ।

जघन्य प्रकृतिका अपराध कर्तब्य ज्यान, ठगी, गोली प्रहार, लुटपाट लगायतका घटनाको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले दुई पटक सम्माति भएका थिए ।

पछिल्लो समय मोरङमा हत्या, ठगी, गोली प्रहार, लुटपाट, चोरी, बम विष्फोटका घटना भएको थियो । जसमध्धे धार्मिक दंगा फैल्याउने हिसाबले हिन्दुधर्म गुरु श्रीनिवास आचार्यले आफैँलाई गोली हान्न लगाएको वास्तविकता पत्ता लगाएको श्रेय पनि विष्टलाई नै जान्छ ।