धनकुटा/ साँगुरीगढी गाउँपालिका वडा नं.१ तेम्वाङ्ग टापुका ७२ वर्षिय पञ्चवहादुर दर्जी र ६७ वर्षिय फुलमाया दर्जीलाई आफु वसेको घर सडकको कारण पहिरो जोखिममा परेपछि साँझपख आकासमा कालो बादल लाग्न थालेपछि रात कतिखेर जाला र उज्यालो होला भनेर चिन्ता लाग्ने गरेको बताएका छन् ।
पछिल्लो केही वर्ष देखी भने दर्जि परिवार मुलघाटको लावरबोटे देखी वुढीमोरङ्ग जाने १२ किलो मिटर सडकमार्ग विस्तार भएसंगै सडकको दोहोरो मारले पहिरोको जोखिममा परेकाहुन् । सो सडक वि.सं.०५६–०५७ मा स्थानिय उपभोक्ताहरुको पहलमा ट्रयाक खोलिएको थियो ।
आ.व.०७२–०७३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५ करोड सहयोगमा भेडेटारको सिम्सुवा देखी वुढीमोरङ्गको तेम्वाङ्गसम्मको साडे ९ किलो मिटर नयाँ सडक विस्तारले गर्दा दर्जीको घर थप जोखिममा परेको वताएका छन् । यु आकारको मोटरवाटोको गोलाईको विचमा दर्जीको ७ रोपनी जग्गा र घर परेको छ । दर्जीले जग्गा त आधा भन्दा धेरै सडकले काटी सकेको र घर समेत सडकका कारण पहिरोको जोखिममा परेको वताएका छन् ।
वर्षौ देखी वर्षाको समयमा साँझ परेपछि कालो बादल आकासमा देखिन थालेसंगै दर्जी परिवारलाई रातभर जागै वस्नु पर्ने वाध्यता रहेको पञ्चवहादुर दर्जीले वताए । पहिरोले गर्दा आफु वस्ने २ तले ढुङ्गा माटोले वनेको कच्चि घर भित्र भित्रै चरकिएर आधा भत्किसकेको दर्जीले बताएका छन् । उनी अहिले बस्दै गरेको घर आधा चर्किसकेको छ । घर लड्न आट्दा पनि आर्थिक अभावका कारण नयाँ घर वनाउन नसके पछि दर्जी परिवार वर्षौ देखी लड्न आटेको घरमा वस्न वाध्य हुनु परेको उनीहरुले गुनासो गरेका छन् । दर्जी वसेको घरको लाछी पटिको पर्खाल वर्षाको कारण भत्किएको छ ।पञ्चवहादुरले आफु र आफ्नो परिवार सडकको कारण जोखिममा परेको भन्दै सहयोगको लागी अनुरोध गर्दा हालसम्म कुनै पनि निकायवाट सहयोग नपाएको गुनासो गरेका छन् । उनले पुर्वाञ्चल सडक डिभिजन कार्यालय धनकुटामा ३ पटकसम्म निवेदन दिएको तर एक रुपयाँ पनि सहयोग नपाएको बताए ।
सडकका इन्जिनियरहरु पनि पहिरोले तान्न थालेपछि घर हेर्न आएको, तर घर नलडी आर्थिक सहयोग गर्न नमिल्ने भन्दै फर्किएको पञ्चवहादुरले ब्लाष्टलाई बताए । के गर्नु वुढेसकालको साहारा एउटा छोरा भएको पनि गरिखाने उमेर मै मर्यो, वुढेसकालको साहारा पनि कोही छैन्न, घर लड्न लाग्दा पनि सहयोग कसैले दिदैन्न् भन्दै, पञ्चवहादुरकी श्रीमती ६७ वर्षिय फुलमायाले दर्जीले गहभरी आँशु पार्दै ब्लाष्टलाई वताईन । उनले अनुरोघ गर्दा गर्दा साँगुरीगढी गाउँपालिकाका प्रमुख कुमारजंङ्ग याखाले भने १० हजार रुपयाँ ०७४ साल माघ महिनामा दिएको बताईन् ।
यता डिभिजन सडक कार्यालय धनकुटाले मध्य चौविसे लोकमार्गको विस्तारको लागी निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा आ.व.०७१–०७२ र आ.व.०७३–०७४ मा ५ करोडको लगानीमा सिम्सुवा देखी तेम्वाङ्गसम्म नयाँ सडक ट्रयाक खोलिएको जनाएको छ । सो अवधीमा सडक डिभिजन कार्यालय धनकुटाले दर्जि घर पहिरोबाट वचाउनको लागी ग्याविङ्ग लगाई दिन खोज्दा क्षतिपुर्ति चाहिन्छ भन्दै नमानेको डिभिजन प्रमुख विष्णु बहादुर काफ्लेले ब्लाष्टलाई बताए ।
दर्जिले उक्त जग्गामा आफ्नो भविश्य नहुने ग्याविङ्ग लगाएर घर नथामिने भन्दै स्थान्तरणको लागी क्षतिपुर्ति चाहिन्छ भने पछि आफुहरुले बजेट हुँदा पनि काम गर्न नसकेको प्रमुख काफ्लेले बताएका छन् । उनले क्षतिपुर्तिको लागी कार्यालयको तर्फवाट क्षेत्रमा सफारिस गर्न आवश्याक प्रक्रिया अघि वढाइएको भए पनि क्षतिपुर्ति नआएको बताएका छन् ।
सडक विस्तारको क्रममा पनि घरलाई जोखिम नहुनेगरी सडक विस्तार गर्न खोज्दा पनि दर्जी परिवारले सडकको काम गर्न नदिएको स्थानिय छत्र सुब्बाले बताएका छन् । सुब्बाले दर्जी परिवारको भविश्य अहिलेको अवस्थामा नहुने, जसरी भएपनि सुरक्षाको लागी स्थान्तरण हुन जरुरी रहेको बताएका छन् । स्थानिय समाजसेवी बलबहादुर राईले पनि दर्जीको घर उक्त स्थानवाट स्थान्तरण नगरे कुनै दिन पहिरोको कारण घट्ना घट्न सक्ने बताए । उनले सरकारको तर्फवाट सडक विभागले दर्जि परिवारलाई क्षतिपुर्ति दिनु पर्नेमा जोड दिएका छन् । सरकारले क्षतिपुर्ति दिएर स्थान्तरण गर्नुको विकल्प छैन, दुई तिर सडक छ, तलवाट पहिरोले तानेको छ, माथिबाट सडकको माटोले पुरेको छ, कुनै समय वग्न सक्छ समाजसेवी राईले थपे ।
आर्थिक रुपमा कम्जोर रहेका दर्जी परिवार तेम्वाङ्ग डाँडामा वसोवास गर्न थालेको झण्डै १ सय वर्ष भन्दा बढी भएको पञ्चवहादुर दर्जीले वताए । उनका बुवा धने दर्जी १ सय वर्ष पहिले वुढीमोरङ्गको तुम्बारीबाट वसाँई सरेर तेम्वाङ्ग आएका थिए । अहिले पञ्चवहादुर दर्जीका साथ श्रीमती फूलमाया, नाती अशोक दर्जी र वुहारी मीना छिन । छोरा गणेश दर्जी भने वि.सं.२०५९ साल मै मृत्यु भैसकेको पञ्चवहादुरले बताए । अहिले १८ वर्षको नाती गणेश र वुहारी मिनाको शाहारमा श्रीमती फुलमाया सहित ४ जनाको परिवार तेम्वाङ्ग डाँडामा वसोवास गरिहेका छन् ।