विराटनगर । विराटनगरमा रहेको ए–वन क्वालिटी स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ ।

यसै वर्षदेखिको नयाँ शैक्षिक शत्रदेखी सञ्चालन आएको प्लसटुमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आइतबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि अभिमुखिकरण तालिम दिएको हो ।

अभिमुखिकरणमा एवन क्वालिटी स्कूलका अध्यक्ष गोविन्द प्रसाद लुइँटेल, प्रिन्सिपल इन्द्रप्रसाद गौतम, पास फाउन्डेसनका अध्यक्ष सि.ए. सुवासचन्द्र यादव, अङ्ग्रेजी विषयका शिक्षक होमनाथ ढकाल, अर्थशास्त्र विषयका शिक्षक सुदिप पोखरेल लगायत पास फाउन्डेसनसँग आवद्ध चार्टड एकाउन्टेन्टहरुले सहजीकरण गरेका थिए ।

यसै वर्षदेखी संचालनमा आएको उक्त स्कुलमा सोचभन्दा पनि बढी उत्साहित रुपमा भर्ना भएकाले अध्यक्ष गोविन्द प्रसाद लुइँटेलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल गौतमले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा पदान गर्न स्कुलले कुनै कुसर बाँकी नराख्ने बताए । उनले विद्यार्थीलाई ज्ञान, सीप र संस्कारको माध्यमबाट समृद्धिको बाटोसम्म पु¥याउन स्कुल लागि पर्ने बताए । अध्यक्ष लुइँटेलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा पास फाउन्डेसनका अध्यक्ष सि.ए. सुवासचन्द्र यादवले विद्यार्थीलाई जीवनपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए ।