-
Home
-
पूर्व
-
प्रजातान्त्रिक पार्टीको जिल्ला भेला बिर्तामोडमा
प्रजातान्त्रिक पार्टीको जिल्ला भेला बिर्तामोडमा
- श्रावण ७, २०७५
- ब्लाष्ट खबर
बिर्तामोड(ब्लाष्ट) नेपाल प्रजातान्त्रिक पार्टीको झापा जिल्ला प्रथम भेलाले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । पार्टीको सोमबार बिर्तामोडमा भएको भेलाले कृष्णप्रसाद चुडालको संयोजकत्व र राधा अधिकारीको सह–संयोजकमा समित चयन गरेको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष रामचन्द्र क्षेत्रीको उपस्थितिमा भएको भेलाले जिल्ला कार्य तदर्थ समिति निर्माण गर्ने जानकारी गराइएको छ । समितिका सदस्यमा महेन्द्र भट्टराई, दुर्गा सुवेदी, गणेश खतिवडा, छवि राजवंशी, दाताराम तिम्सिना, राजकुमार काफ्ले लगायत रहेका छन् । पाटी क्रमश सदस्य थप गर्दै लैजाने जानकारी दिएको छ । पार्टीको सल्लाहकारमा विश्व हिन्दू महासंघ झापा अध्यक्ष मोहन उप्रेती रहेका छन् ।
कार्यक्रममा अध्यक्ष क्षेत्रीले २७ वटा जिल्लामा आफ्नो पार्टीको संगठन विस्तार भइसकेको बताएका छन् । कार्यक्रममा पत्रकार गोपिकृष्ण खनाल र अन्र्तराष्ट्रिय विश्व हिन्दू महासंघका अध्यक्ष भरत केसरी सिंहलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका महासचिव सुरेन्द्र कार्कीले गरेका थिए । पार्टीको राष्ट्रिय भेला गत जेठ ७ र ८ गते विराटनगरमा भएको थियो ।