बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नं. ४ स्थित देविथान सामुदायिक वनको झाडीमा एक शिशुको सोमबार बिहान फेला परेको छ ।

दाउरा लिन जंगल गएका स्थानीय ६८ वर्षिया सुकमाया राईले शिशुलाई फेला पारेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । शिशु झाडीमा रुएको आवज आएपछि ति महिलाले भेट्टाएका हुन् । राईले उनी सँगै जङगल गएका स्थानीयलाई बोलाएर शिशुलाई घरमा ल्याएका थिए । शिशु अनुमानित ४ दिनको रहेको बुझिएको छ ।

दाउरामा जाने टोलीले शिशुलाई जङगलको झाडीमा भेट्दा कमिलाले टोकिरहेको अवस्थामा फेला परेको बताए । कमिलाले घाउ बनाएको, मैलो अवस्थामा रहेको शिशुलाई गाउलेहरुले नुहाई दिएर, दूध खुवाएर सुकमाया राईको घरमा लगेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

अहिले शिशुलाई विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणको लागि लगिएको ईलका प्रहरी कार्यालयका प्रमुख राम कुमार राईले बताएका छन् । शिशुको स्वास्थ्यमा केहि खराब भएको प्रमुख राईले बताएका छन् ।