भद्रपुर । पछिल्लो समय भद्रपुरबाट प्रहरीले धमाधम तस्करीका सामान बरामद गर्न थालेको छ । कारोबारीले भन्सार छलेर अवैध बाटो प्रयोग गरी नेपाल ल्याउदै गरेको सरसामान शसस्त्र प्रहरी र वडा प्रहरी कार्यालय भद्रपुरले संयुक्त रुपमा बरामद गर्न थालेको हो । भारतबाट नेपाल ल्याउदै गरेको अनुमानित ७५ हजार मूल्य बरावरको कपडा प्रहरीले बरामद गरेपछि यसको पुष्टि भएको हो । विषेश सूचनाको आधारमा गएको संयुक्त प्रहरी गस्ती टोलीले बुधबार दिउँसो भद्रपुर ५ मसान घाटबाट दुइ पोका कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुटको बोरामा काँसघारीमा लुकाइ राखेको दुइ पोकामा रहेको ९० थान कुर्तासरवालको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । सामान भद्रपुरका ठुला व्यापारीको भएको अर्का कारोबारीले दाबी गरेका छन् । बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । दुइदिन अघि भद्रपुबाट ७० हजार मूल्य बरावरको कपडासहित दुइजना कारोबारीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका कारोबारी नगद धरौटीमा छुटेका छन् भने सामान र तस्करीमा प्रयोग गरिएको मोटरसाइकलको मुद्दा दर्ता भएको छ ।