मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकाको न्यायिक समितिले २२ वटा मुद्धाको छिनोफानो गरेको छ । एक वर्षको अवधिमा गाउँपालिकाको न्यायिक समितिले २२ वटा मुद्धाको छिनोफानो गरिएको गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक सरला राईले बताइन् । ०७४ मंसिर ८ मा गठन भएको तिन सदस्य न्यायिक समितिमा ३६ मुद्धाका निवेदन दर्ता भएकामा २२ वटा मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको राइले उल्लेख गरिन् । बाँकी मुद्धाहरु कोही वडामै मिलेको, कोही ढीसमीस भएको, र अदालतमा दर्ता भएको तथा केही मुद्धाहरु मिलाउने प्रक्रियामा रहेको ब्त्ँर्यएको छ ।
न्याय क्षेत्रमा तल्लोस्तरका तथा ग्रामिण क्षेत्र का गाउँबासीको समेत सहज पहुँच पुगोस् भन्ने उद्धेश्यले खडा भएको न्यायिक समिति बनेपछि वर्षाैंदेखि न्याय नपाएर हैरान भएकाहरुले न्याय पाएको उपप्रमुख राईले वताइन् । न्यायिक समितिले सबै भन्दा कम लेनदेनका १ वटा, र सबै भन्दा बढी १० ओटा सिमाना विबाद, पतिपत्नीका (सम्बन्ध बिच्छेदे) ५ वटा, साँध सिमानाका ४ वटा, घरायसी÷ घरेलु हिंसा ६ वटा, इज्जत आमतमा ५ , ध्वनी प्रदुषण १ ओटा र माना चामलको ३ सहितका मुद्धाहरु मिलाएको छ ।
केही मुद्धा अदालतमा पुगेको छ । वडातहमै मुद्धाहरु मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका मुद्धाहरुलाई साताको २ दिन न्याय समितिले हेर्ने गरिएको छ । समितिमा गाउँपालिका उपप्रमुख संयोजक तथा कार्यपालिका सदस्य नविन कार्की र वडासदस्य अम्बिका कार्की सदस्य रहेका छन् । न्याय सम्पादन थप व्यवस्थित गर्न बरिष्ठ अधिवक्ता जगत बहादुर थापा कानूनी सल्लाहकारका रुपमा राखिएको छ । मेलमिलापको माध्यमबाट मुद्धाहरु किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गर्नु पर्ने प्रावधान भएतापनी पनी बिभिद कारणले गर्दा प्रत्येक वडा केन्द्र खडा गर्न नसकिएको तर मुद्धाहरु वडाले हेरीरहको राइले बताईन । कतिपय बिषयका मुद्धाहरुमा केन्द्रले तोकेअनुसारका कार्य गर्न स्थानीय तहले नपाउँदा केही द्वीविधा आएको र धेरै कानुहरुको गलत प्रयोगसमेत हुन सक्ने देखीएकोे राईले बताइन । त्यहाँ ३ जनाका दरले मेलमिलाप कार्यकर्ता चयन गरिएको छ ।