धरान । व्यास जयन्ती एवम् गुरुपूर्णिमाको अवसरमा सनातन धर्म सेवा समिति सुनसरी शाखाले पण्डित चन्द्रप्रसाद कट्टेललाई सम्मानित गरेको छ । शुक्रबार गीता मन्दिरमा कार्यक्रम गर्र्दै कट्टेललाई सम्मान–पत्रले सम्मानित गरिएको समितिका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीले बताए । कार्यक्रममा कट्टेललाई प्रमुख अतिथिसमेत रहेका कवि मान बज्राचार्यले सम्मान–पत्र हस्तान्तरण गरे । कट्टेल गीता भवनमा २०२२ सालदेखि २०७४ सालसम्म भगवान श्रीकृष्णको श्रीविग्रहमा सेवा गरी अवकास पाएका हुन् । गीता भवनको स्थापना, सञ्चालन र विकासमा कट्टेलले पु¥याएको योगदानको कदर स्वरुप सम्मानित गरिएको अध्यक्षले बताए । उनलाई दोसल्ला, गुरुदक्षिणा र प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, शिक्षक, समाजसेवी, साहित्यकार, कवि एवम् धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।