पानबारी । पाँचथर धरान सङ्गम समाजको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । पाँचथरबाट धरान झरेर बसोबास गर्ने तथा विभिन्न पेशा व्यवासायमा संलग्नहरूको साझा संस्था पाँचथर धरान सङ्गम समाजको सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा सञ्चमाया लिम्बू, गङ्गामाया लावती, पदमप्रसाद आङ्देम्बे, सरस्वती आङ्देम्बे धनमाया आङ्देम्बेलाई अभिनन्दन गरिएको थियो । साधारण सभामा समाजका अध्यक्ष केशव श्रेष्ठले संस्थाको कार्यप्रगति विवरण तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए । एक नं. प्रदेशका सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको अध्यक्षता समाजका अध्यक्ष केशव श्रेष्ठले गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख भण्डारीले पाँचथरेहरूको कर्मथलोको रूपमा रहेको धरानको विकासमा पाँचथरेहरूको भूमिका महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरेका थिए ।