गौरादहको बजेट ७५ करोड
- साउन १३, २०७५
- ब्लाष्ट खबर
दमक । झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षका लागि पारित नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ ।
गत वर्षभन्दा ८ करोड घटी गरेर ७४ करोड ९८ लाख ९९ हजारको बजेट शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । असार १० गतेभित्रमा नीति, कार्यक्रम तथा बजेट पारित गरिसक्नुपर्ने प्रावधान भएपनि नगरसभाले ढिलो गरी हालै पारित गरेको नीति तथा कार्यक्रमसहितको बजेट नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले शनिबार पत्रकारमाझ सार्वजनिक गरेका हुन् ।
गतवर्ष ८२ करोड ७३ लाख ६१ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरिएकोमा यस वर्ष ७४ करोड ९८ लाख ९९ हजारको बजेट दोस्रो नगरसभामार्फत सार्वजनिक गरिएको हो । गत वर्ष प्रदेशबाट समेत अनुदान आउनसक्ने अनुमान गरेर
बजेट बढीको बनाइएकोमा अनुदान आइसकेकाले त्यस्तो भएको उल्लेख छ ।
नगरभित्र रहेका खोलाका पुल सडक कालोपत्रेका लागि केन्द्रीय सरकारसँग र नगरभित्र रहेका लामा दूरिका सडक स्तरोन्नती र ग्राभेल गर्नका लागि प्रदेश सरकारसँग माग गर्नेसमेत नगरसभाले निर्णय गरेको छ ।