काठमाडौं । कलंकीमा रहेकाे एक गेष्ट हाउसमा एक युवती अाफ्नै प्रेमी र प्रेमीका साथीबाट बलात्कृत भएकी छन् ।
घटनामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका दुई जवानलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीमा दिएको जाहेरीका आधारमा प्रेमी सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय, बलम्बुमा कार्यरत रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
अर्कै युवतीसँग ति प्रेमीकाे लसपस भएकाे थाहा पाएपछि टाढीएकी युवती भर्खरै मात्र फेसबुक मार्फत् पुनः नजिकिएकी थिइन् । ती युवाले अाफु सुध्रिइसकेकाे र जागिर छाडेर हाेटल सञ्चालन गर्न थालेकाे भन्दै युवतीलार्इ फकाएका थिए । पीडित युवतीले भनेकी छन्, ‘म सुध्रिएँ, जागिर पनि छाडेँ । होटल सञ्चालन गर्दैछु भनेर मलाई झुक्याए ।’ पाेखरेलकाे अाग्रह गरेपछि ति युवती कलंकी स्थित अाशिर्वाद गेष्ट हाउसमा पुगेकी थिइन् ।
पाेखरेलले होटल सञ्चालन गरेको नभई, अर्कै योजनाका लागि दुई वटा कोठा बुक गरेका थिए । उनीहरु राति खानपिन गरेर सुतेका थिए ।
पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो । उनले भनेकी छन्, ‘त्यतिबेला प्रेमी नभएर प्रेमीका साथी गलत हर्कत गर्न खोजिरहेका थिए । म अर्धनग्न थिएँ ।’ प्रेमीका साथी आफू सुतेको कोठामा कतिबेला आइपुगे भन्ने थाहा नभएको र यसबारे प्रेमीलाई साेध्दा उनले उल्टै सम्झाउन खोजेको उनको भनाई छ ।