[caption id="attachment_78915" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]

इलाम/ इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर-७ ठूलो टुडिँखेल स्थित शान्ति तामाङको घरमा भाडामा रहेको कौशिला राईको किराना पसलमा बुधबार बेलुका ९.३० बजे आगजनि हुदाँ चालिस हजार बराबरको क्षति भएको छ । चुरोटको ठुटाबाट सल्केको आगो प्रहरीको सहयो्गमा रातको १० बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट इनपा सातका २६ वर्षिय सुमन श्रेष्ठ र २३ वर्षीय प्रमिला राई घाक्ष्ते भएका छन् । घाइते दुवैको अवस्था सामान्य भएको र जिल्ला अस्पताल इलाममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।