बिर्तामोड । कनकाई विकास बैंक दमकको १६ औं शाखा झापाको लक्ष्मीपुरमा स्थापना भएको छ . बैंकको यस अगाडी नै झापामा ७, इलाममा ४, मोरङमा ४ वटा शाखा सञ्चालनमा छन् । झापा, मोरङ र इलाम जिल्लालाई कार्य क्षेत्र बनाएर कार्य सञ्चालन गर्दै आएको बैंकले अर्जुनधारा नगरपालिका–५ र कनकाई नगरपालिका – ८ को सिमाना लक्ष्मीपुरमा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले लक्ष्मीपुरमा बिहिबार १६ औं शाखाको उद्घाटन गर्दै लक्ष्मीपुर शाखामा रेखा कार्कीलाई शाखा प्रमुखको जिम्मेवारी दिएको जनाएको छ । वैकका पूर्व अध्यक्ष माधव पराजुलीले शाखाको उद्घाटन गरेका थिए ।

हाल ३५ हजार भन्दा बढी ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको बैंकले आर्थिक बर्ष २०७४/०७५ मा करिब एक अर्ब ८८ करोड निक्षेप संकलन र एक अर्ब ६७ करोड कर्जा प्रवाह गरी ७ करोड सञ्चालन मुनाफा हासिल गरेका बैकका अध्यक्ष सेवक दाहालले जानकारी दिए।उनले बैंकको चुक्तापँजी ५० करोड भएको बताउँदै निकट भविश्यमा थप २ वटा जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै लाने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशीलगायतले बैकको प्रगति र उन्नतीका लागि शुभकामना ब्यक्त गरेका थिए। बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले स्वागत गरेको कार्यक्रमलाई बैकका कर्जा प्रमुख भरत खनालले सञ्चालन गरेका थिए ।