विराटनगर । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार स्थित कृषी बिकास बैंक उपशाखामा कर्मचारी र ऋणि मिलेर गरेको करडौं रुपैयाँ कर्जा प्रभाबमा गरेको अन्यमिता मुद्दामा ८ जनालाई लाखौ रुपैयाँको दरले धरौटि दाखिला गर्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालतकोे न्यायधीशद्वय उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजालसले बैंकका लेखापाल हरिशंकर न्यौपाने सहित सात जनालाई बिगो अनुसारको धरौटी दाखिला गर्न बिहीबार आदेश गरेको हो । अदालतमा उपस्थित भएका मध्ये बैंकका कार्यालय सहयोगी ललितकुमार राईलाई सादा तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश गरेको उच्च अदालत विराटनगरले जनाएको छ । अदालतले बिगो अनुसारको धरौटी दाखिला गर्न आदेश गरेका एक जना बैंक कर्मचारी बाहेक अन्य छ जना सबै ऋणीहरु हुन् । अदालतले बैंकका लेखापाल न्यौपानेलाई ८४ लाख ६२ हजार धरौटी दाखिला गर्न आदेश गरेको छ । यसैगरि ताप्लेजुङ श्रीजंङगा गाउँपालिका ३ घर भै फुङलिङ बस्दै आएकी ३४ बर्षिय पदमा दिदी भनिने पदमकुमारी नुगो (लिम्बु) लाई ४३ लाख धरौटी माग गरको छ । पदमकुमारी कर्जा प्रबाहमा मिलेमतो गरेर हिनामिना गराउने मुख्य अभियुक्त्त रहेको स्रोतको दाबी छ । उनले कर्मचारीको मिलेमतोमा जग्गा किनेबेच गर्ने गराउने बहानामा कागजी रुपमा जग्गा बैकमा राखेर ऋण हिनामिना गराएको उनीमाथि आरोप लागेको छ । धरौटी माग गरिएका अन्य आरोपीहरुमा फुङलिङकै सरिता लिम्बुलाई ३ लाख ३६ हजार, सुनिता लिम्बुलाई ४ लाख ३६ हजार, अनिता जोगीलाई ३ लाख ३६ हजार, शान्त काम्बाहाङ्ग लिम्बुलाई ४ लाख ३६ हजार र ईन्दिरा खवासलाई १ लाख ३६ हजार धरौटी दाखिला गर्न आदेश गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारयण प्रसाद रेग्मीले जानकारी दिए । बैंकका कर्मचारी र ऋणी मिलेर कृषि विकास बैंकको कर्जा प्रबाहमा मिलेमतो गरेर घोटला गरेको प्रकरण केही समय अगाडी बाहिर आएको थियो ।

बैंकका मेनेजर खतिवडा सहित १५ जना फरार यस प्रकरणमा बैंकमा मेनेजर विराटनगर – १२ का गणेश खतिवडासहित २३ जनाको संलग्ना रहेको बताइएको छ । कर्जा प्रबाहमा मिलेमतो गरेर अन्यमिता गर्ने उक्त बैंका चार जना कर्मचारी रहेको बताइएको छ । तत्कालिन लेखापाल भीम आचार्यसमेत फारर रहेको बताइएको छ । जसमा ८ जना अदालतमा उपस्थीति भएर बिहीबार उच्च अदालतले धरौटि तोकिदिएको छ । यस प्रकरणमा १ करोड ७८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।