विराटनगर । १ नम्बर प्रदेशको नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खम्बुवान प्रदेश’ राख्न मागसहित ज्ञापन–पत्र बुझाइएको छ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले प्रदेश नम्बर १ का मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार ज्ञापन–पत्र बुझाउँदै माग राखेका हुन् । मूक्ति मोर्चाका केन्द्रीय सह–सचिव राजुदेव राई, पार्टीको प्रवक्ता रडेन्द्र तिम्म्राहार, जिल्ला अध्यक्ष दिलाराम राईसहितले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमाफर्त मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझाउँदै पार्टीका केन्द्रीय सह–सचिव राजुदेव राईले प्रदेशको राजधानी र नामाङ्कन तोक्न प्रदेश सरकाले ढिलाइ गरेको भन्दै उनले जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाङ्कन गरिनुपर्ने बताए । उनीहरूले प्रदेशको राजधानी ‘नामसाम’ घोषणा गर्नसमेत माग गरेका छन् । त्यस्तै अनियन्त्रित रूपमा बजारमा हरेक सामानमा बढेको मूल्यवृद्धि तत्काल फिर्ता गरी दीगो व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट लागू गरिएको अनियन्त्रित दोहोरो करतत्काल खारेज गर्न उनीहरूले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ  ।