धनकुटा । करेण्ट लागेर मृत्यु भएका एक मजदुर परिवारले क्षतिपूर्ति नपाएको भन्दै जिल्ला प्रशासन धनकुटामा उजुरी दिएका छन् । धनकुटा–१ हिले बजारका निमाछिकी शेर्पाले श्रीमान लाछिरीको हालसम्म क्षतिपूर्ति नपाएको भन्दै मङ्गलबार उजुरी दिएकी हुन् । लाछिरीको धनकुटा–१ भूपेन्द्र बुढाथोकीको घरमा काम गर्ने क्रममा करेण्ट लागेर गतचैत्र १९ गते मृत्यु भएको थियो । निमाछिकीले श्रीमानको क्षतिपूर्ति माग्दै बुढाथोकीको घरमा पुगे पनि सुनुवाई नगरेपछि न्याय माग्न राज्यसमक्ष पुगेका हुन् । उनको ६ जना परिवार छ । एकमात्रै कमाइ गर्ने श्रीमान् बितेपछि परिवार धान्न गाह्रो भएको छ । उनले श्रीमान्को मृत्युपछि आफूसहित ६ जनाको परिवार धान्न गाह्रो भएको निमाछिकीले निवेदनमा उल्लेख गरेकी छन् । उनले जिल्ला प्रशासनमा शेर्पाको मृत्यु दर्ता र पोष्टमार्टम रिपोर्टको प्रतिलिपि पेश गरेकी छन् । शेर्पा परिवारको क्षतिपुर्तिको लागी धनकुटा–१ हिलेका वडाध्यक्ष निरेन तामाङले पनि दुवै पक्ष राखेर क्षतिपूर्तिको लागि छलफल गर्दा पनि सहयोग गर्न बुढाथोकी परिवार तयार नभएको बताए । उनले शेर्पा परिवारलाई तिम्रो घरमाकामगर्दा करेण्ट लागेर मृत्यु भएकाले कम्तीमाकाजक्रियाखर्चसम्म त देउ भन्दा पनि नदिएको बताए । घरधनी बुढाथोकीलाई भने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले विद्युत लाइनको हाइटेन्सन मुनी घर निर्माण गरेको, विना इजाजत विद्युत जडान गरेको कारण कारबाही दायरामा ल्याउनका लागि प्राधिकरणसँग छलफल गरिने बताए । यता जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्याक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई पत्रचार गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले आवश्याक कारबाहीको लागि प्रक्रियाअघि बढाई सकिएको प्रहरी प्रमुख सुरेन्द्रवहादुर गुरुङले बताएका छन् ।