रङ्गेली । विराटनगरका डाक्टर यमबहादुर रोक्का दक्षिणपूर्वी एशियाका लागि न्यूरो सर्जरी विधामा आइकन अफ हेल्थ केयर २०१८ बाट सम्मानित भएका छन् । उनी पूर्वको स्वास्थ्य क्षेत्रमा टाउकोको सबैभन्दा बढी सफल शल्यक्रिया गर्ने चिकित्सक हुन् । उनको यसै खुबीको कदर गर्र्दै गत साउन १२ गते सिङ्गापुरमा सो पहिचान गर्नुको साथै विश्वव्यापी रूपमा ज्ञान तथा सञ्जाल आदान–प्रदान गर्ने उद्देश्यले सम्मानको शुरुवात गरिएको बताइएको छ । सम्मान ग्रहणपछि डा. रोकाले खुशी तथा कृतज्ञता व्यक्त गरे ।
पूर्व क्षेत्रमा न्यूरो सर्जरीको शुरुवात गरेका डाक्टर रोका विगत आठ वर्षदेखि नेपालको पूर्वी भागमा न्यूरो ओपिडी तथा टाउकोको शल्यक्रिया मात्र हैन, न्यूरोसम्बन्धी सचेतनाका लागि विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरु गर्र्दै आएका छन् ।
डा.रोकालाई आइकन अफ हेल्थ केयर सम्मान
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































