यासोक/पाँचथरको उत्तरे–यासोक १६ किलोमिटर सडक खण्डमा करोडौंको लगानीमा सडक स्तरउन्नतीको काम सुरू भयो । असार महिनामा हतार–हतार उपभोत्ता समिति मार्फत सुरू गरेका उक्त सडक अहिले अलपत्र अवस्थामा छ । डेनमार्क सरकारको सहयोगमा उन्नती परियाेजनाले निर्माण गर्दै आएको १६ किलोमिट सडक ४ करोडको लगानीमा काम हुदै आएको थियो । आर्थिक वर्ष २०७४/०७५ को अन्य तिरबाट सुरु गरिएको सडकको काम पुरा नभर्इ समय सकिएपछि सडक स्तरउन्नतीको काम अलपत्र भएको हो ।
२०७५ साल जेठ २७ गतेबाट असार १५ गते सम्मको छोटो समयमा समितिले काम गर्दै आएको थियो । फाल्गुन्नद गाउँपालिकाको उत्तरे, मिक्लाजुङ र कुम्मायक गाउँपालिकासम्मको १६ किलोमिटर सडकमा ४ करोड रुपयाँको काम भयो । तर असार महिनाको मध्यतिर धमाधम काम गरेको समितिले समयमै काम सम्पन्न नगर्दा योजनाको काम अधुरै छ । समितिले सडकको ६० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । समयमै काम पुरा नहुदा समितिले ४ करोड रकम मध्ये १ करोड ७४ लाख १ हजार ४८७ रुपयाँ भुक्तानी पाएको छ । अहिले उक्त सडक पुर्ण रुपमा स्तरउन्नती नहुदा नागरिकले सास्ती भोग्दै आएका छन ।
पाँचथर जिल्लामा मात्रै डेनमार्क सरकारको सहयोगमा ४५ करोड, ११ लाख, ५६ हजार ५५० रुपयाँको लागतमा जिल्लाका विभिन्न स्थानमा भौतिक पुर्वाधार बिकाशको काम हुदै आएको थियो । ठेकेदार र उपभोक्ता समिति मार्फत काम हुदै आएको १४ वटा आयोजना मध्ये तीन वटा योजनाको काम निर्माण कम्पनी र एउटा योजनाको काम उपभोक्ता समितिले समयमै सम्पन्न गरेका छन्, भने बाँकी रहेका १० वटा योजनाको काम अलपत्र अवस्थामै रहेको छ । आयोजनाको ७९.१० प्रतिशत काम सम्पन्न भएको छ भने, बाँकी रहेको ३१ प्रतिशत काम अघिबढाउँने या नबढाउने भन्ने बिषयमा डेनमार्क सरकारसंगको फलफल पछि मात्र प्रस्ट हुने उन्नतीपर्योजनाले जनाएको छ । डेनमार्क सरकारको आर्थिक सहयोगमा १४ वटा योजनाको काम कुल ४५ करोड, ११ लाख, ५६ हजार ५५० रुपयाँमा हुदै आएको थियो । तर तीन निर्माण कम्पनी र ११ उपभोक्ता समितिले २९ करोड ७५ लाख ७२ हजार ३०६ रुपैयाँ मात्रै भुक्तानी लिएका छन्। कुल योजनाको ७९.१० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।