विराटनगर । विराटनगर – १४ जतुवामा नाम खुल्न नसकेको एक युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
नग्न अवस्थामा प्रहरीले आज दिउँसो शव फेला पारेको हो ।
अन्दाजी २० वर्षको उमेर देखिने यूवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले उक्त शव पोष्मार्टमको लागि विराटनगरको हस्पिटल चौकमा रहेको कोशी अञ्चल अस्पतामा पठाएको छ । पोष्मार्टम रिर्पोट पछि मात्र थप कुरा खुल्ने मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । ‘बलात्कारपछि हत्या गरिएको देखिएको छ,’ एसपी केसीले भने, ‘पोष्मार्टम रिर्पोट पछि मात्र थप रहस्य खुल्नेछ ।’