पथरीशनिश्चरे/मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भानुभक्त ढकाल कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त हुनभएको खुसीयालीमा जिल्लाको पथरीशनिश्चरेमा दिपावली गरिएको छ ।
शुक्रवार साँझ पथरी चोकमा भएको दिपावली कार्यक्रममा बोल्दै पूर्व सांसद चण्डीप्रसाद राई र पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले आफ्नो क्षेत्रका सांसद मन्त्री हुनुभएकोमा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका रहने अपेक्षा राखेका छन् ।
कार्यक्रममा, नेकपा, युवा संघ नेपाल सहितका नेता कार्यकर्ताको संयुक्त संयोजनमा दिपावली भएको हो ।