पथरी/ मोरङको कानेपोखरी –५, स्थीत जहदका दुबै मृगौला खराब भएर पीडित ३९ वर्षिय डम्बर ओझाको उपचारको लागी बैदेशीक रोजगारमा विदेश गएका नेपालीहरुबाट सहयोग जुट्दै गएको छ ।

शुक्रबार सामाजिक सञ्जाल पूर्वेली समाजले एक कार्यक्रमको आयोजना गरी कोरिया र हङ्कङमा नेपालीहरुबाट सङ्कलित रकम पीडित परिवारलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले हस्तान्तरण गरेको छ । कोरियाबाट ६९हजार ८ सय १ रुपैया, हङ्कङबाट २लाख ४६ हजार ८ सय ८८ रुपैया र सनम राईबाट १५ सय गरी जम्मा ३ लाख १८ हजार १ सय ८९ रुपैया रकम पीडित डम्बर ओझालाई हस्तान्तरण गरेको हो । सो रकम सामाजिक सञ्जाल पूर्वेली समाजले दुबै मृगौला पीडित डम्बर ओझा बचाऊ अभियान सञ्चालन गरी फेसबुक मार्फ सहयोगको अपिल गरेका थिए । कानेपोखरी गाउँपालिकाबाट बैदेशिक रोजगारको लागी बिदेश गएका नेपालीहरुले विदेशमा रकम संकलन गरी पूर्वेली समाज मार्फत उपचारको लागी रकम पठाएका पूर्वेली समाजका अध्यक्ष नविन उप्रेतीले बताए । कोरीयाबाट नविन राईको र हङकङबाट देव नन्द गुरुङको नेतृत्वमा सो बराबरको रकम सङ्कलन गरेर पठाएको वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले बताए । कानेपोखरी ७, आइतबारे निवासी देव नन्द गुरुङले यस अघि पनि दुबै मृगौला खराब भएका कानेपोखरी –४, का दिलुमाया गुरुङको उपचारको लागी पनि २ लाख ६१ हजार ३ सय ६३ रुपैया सहयोग गरेका थिए । गुरुङले कानेपोखरी गाउँपालिका–समाज हङकंङबाट १ लाख ६१ हजार ३ सय ६३ रुपैया र ‘मिस्टर झोले’ नेपाली फिल्म प्रर्दशन गरी संकलन गरेको १ लाख रुपैया संकलन गरी सहयोग गरेका थिए । ओझाले खाडी मुलुक युएई दुवईबाट पनि ८४ हजार रुपैया पाएका छन् । गाउँपालिका, स्थानीयहरु र विभिन्न संघसंस्थाहरुबाट लगभग ८ लाख भन्दा माथी रकम संकलन भैसकेको पीडित ओझाले बताए । डम्बरका एकछोरा, एक छोरी र श्रीमतीसँग दुःखको साथ घरमा बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले खर्च जोहो गर्न सकिरहेको छैन् । चार वर्ष अघि घरमा भएको आगलागिका कारण आफ्नो बुबा सहित सर्वस्व सम्पत्ति गुमाएका ओझा अहिले मृगौला प्रत्यारोपणका लागि सहयोगि हातहरुको खोजीमा रहेका छन् ।

श्रीमतीले बिरामी पती, छोरा र छोरीलाई पालन पोषण गदै आएका छन् । २०७४ जेठमा बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा दुवै मृगौला खराब भएको रिपोट पाएपछि ओझा परिवारमा उपचारको लागी आर्थिक समस्या पर्दै आएको छ । हप्तामा दुई पटक डायलिसिस गर्नु पर्छ, गाउँघरमा ऋण खोज्दै अहिले सम्म ८ लाख भन्दा धेरै खर्च भएको पीडित परिवार बताए ।