विराटनगर । विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिडटाउनसँगको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधिक सहयोगमा मङ्गलबार न्युरो अस्पतालको प्राङ्गणमा खुल्ला रक्तदान गरिएको हो । रक्तदानमा ६३ प्रिन्ट रगत सङ्कलन भएको छ । अस्पतालका चिकित्सक, नर्स, कर्मचारीलगायत रोटरी क्लब अफ विराटनगर मिडटाउनका पदाधिकारीले रक्तदान गरे । अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. यमबहादुर रोकाले रक्तदान गरी कार्यक्रमको आरम्भ गरेका थिए । रक्तदान कार्यक्रममा अस्पतालका वरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डले रक्तसञ्चार केन्द्रमा रगतको अभाव खडकिरहेकाले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रोटरी क्लब अफ विराटनगर मिडटाउनका अध्यक्ष दीपबहादुर खापुङले न्यूरो अस्पताल र रोटरी क्लबको सहकार्यमा विभिन्न स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्दै आएको बताए । रोटरियन घनश्याम राठी, रोटरियन शिव प्रधान, रोटरियन सुजन थापा, रोटरियन पूण्य भट्टराई तथा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईलगायतको उपस्थितिमा रक्तदान कार्यक्रम भएको थियो । न्यूरो अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुको साथै स्वास्थ्यको पहुँच पुग्न नगसेको ग्रामीणक्षेत्रमा समेत स्वास्थ्य शिवरको माध्यबाट सेवा प्रदान गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताए ।