पथरीशनिश्चरे । तेस्रो मुलुक पुनर्वासबाट बाँकी रहेका झापा र मोरङका भूटानी शरणार्थीहरुलाई स्थानीयकरण गर्ने पहल भइरहेको बेला भूटानी रिकन्सीलेसन कमिटीले स्थानीयकरणको विरोध गर्दै स्वदेशफिर्तीको प्रक्रिया अघि बढाउन माग गरेको छ ।
दमकको वेलडाँगी शिविरमा क्रियाशील सो कमिटीले मंगलबार संयुक्तराष्ट्रीय संस्था ( यूएनएचसीआर ) का महासचिव उन्टीनियो गट्सरलाई पत्र पठाउदै शरणार्थीको स्वदेश फिर्तीनै एकमात्र विकल्प भएको ठहर गर्दे स्थानीयकरणप्रति अनिइच्छा व्यक्त गरेको छ । कमिटीका संयोजक कृष्णवीर तामाङद्धारा हस्ताक्षरित सो ध्यानाकर्षणपत्रमा शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) ले शरणार्थीका लागि खुल्ला राखेका तीन विकल्प मध्ये तेश्रोमुलुक पुर्नावासलाई मात्र जोड दिएकोमा विरोध जनाइएको छ । स्वदेश फर्कन चाहने शरणार्थीलाई भने ससम्मान घर फर्कने वातावरणमा दाता निकाय गम्भीर नभएको बताउँदै शरणार्थीको दिर्घकालीन समाधान स्वेदेशफिर्तीबाट मात्र हुने दावीका साथ सो विषयमा पहलको माग गरिएको छ ।
यूएनएचसीआरले बाँकी रहेका शरणार्थीलाई बसेकै क्षेत्रहरुमा स्थानीयकरण गर्नका लागि नेपाल सरकारसंग कुरा बढाइरहेको छ । शिविरमा दातृसंस्थाहरुको पलायन वन्दै खाद्य वितरण कटौती हुँदै नयाँ मजवुत छाप्राहरुको निर्माण र बैकहरुको खाता खोल्ने चालु प्रकृयाका कारण शरणार्थीहरु त्रसित पत्रमा उल्लेख गरिएको छ । यसखाले गतिविधिले शरणार्थीलाई स्थानीयकरण गराउन लागिरहेको प्रष्टिने जनाउँदै संयोजक तामाङले भन्छन्,–‘ शरणार्थीलाई स्थानीयकरण होइन, आत्मसम्मान र स्वाभिमानका लागि पनि भूटानको थातथलोमा स्थापित गराउनु खाँचो छ ।’ राष्ट्रसंघको एक सदस्य राष्ट्रका रुपमा भूटान रहेकाले भएकाले पनि नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि राष्ट्रसंघले दवाव दिनुपर्ने पत्रमा उल्लेख छ । स्वतन्त्रताको आवाज उठाउँदा देश निकाला भएर २८ वर्षदेखि शरणार्थी जीवन विताउँदै आएका भूटानीहरुमध्ये १ लाख २० हजाको संख्या अमेरिका सहितका ८ वटा देशमा पुनर्वास गराएको छ । शिविरमा दर्ताका रुपमा रहेका शरणार्थीको संख्या ६ हजार १ सय ४३ रहेको छ । त्यस बाहेक दर्ता हुन बाँकी रहेका १ हजार ७ सय ४१ जना रहेको राहतबाट बञ्चित शरणार्थीहरुको संगठनले दावी गर्दै आएको छ ।