अबैध सुनका गरगहनासहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । प्रहरील अबैध सुनका गरगहनासहित बिहार मोतिहारी जिल्ला झारना ग्राम बस्ने जितेन्द्र साह सोनारलाई बाराबाट पक्राउ गरेको छ ।
कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको भारतीय नम्बर बीआर ०५ यू २९२३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा जितेन्द्रको साथबाट १ लाख २२ हजार ६ सय ६३ मुल्य बराबरकाे २५ ग्राम अबैध सुनका गरगहना फेला परेको छ।
अबैध सुनसहित पक्राउ परेका भारतीय नागरिक जितेन्द्र साह सोनारलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार पठाईएको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































