घण्टाघर । धरानमा रेडिकल लाइट नेपाल प्रालिको उद्घाटन तथा रेडियो उद्घोषणकला तालिमको समापन कार्यक्रम भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख होमराज दाहाल, धरान आदर्श बोर्डिङ माविका साइन्स कोअर्डिनेटर तथा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक नेत्र सुवेदी, नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्की, च्याम्पियन इङ्लिस बोर्डिङ स्कुलकी डाइरेक्टर नाजु सुवेदी, सत्य शिशु निकेतन बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल विजय अछामी, मन्टेश्वर किन्डर गार्टेनका संस्थापक गौरवमान श्रेष्ठ, एम्स एकेडेमीका कोअर्डिनेटर अर्जुन घिमिरे, पूर्वाञ्चल बागिना कला केन्द्रका भक्तिराज राईलगायतको उपस्थिति थियो । कार्यक्रममा ‘समाज परिवर्तनका लागि सोसल मिडियाको भूमिका’ वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । सो वक्तृत्वकला प्रतियोगितामा ऋतु राई पहिलो, सृष्टिकाश्री भट्टराई दोस्रो, नमिता लिम्बू तेस्रो र अभिषा रिसाल सान्त्वना भइन् । उनीहरूलाई क्रमशः १ हजार, ७ सय, ५ सय र ३ सय रूपैयाँ प्रदान गरिएको थियो । कार्यक्रममा सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई र सुनगाभा इङ्लिस बार्डिङ स्कुलका प्रिन्सिपल सागर अधिकारी निर्णायक रहेका थिए । स्वागत मन्तव्य राख्दै प्रालिका अध्यक्ष तिर्थ कार्कीले समाज परिवर्तनका लागि रेडियो तालिम, उद्घोषणकला, भाषणकला, आरजे, भीजे तालिम प्रदान गर्न र समाज परिवर्तनका लागि प्रालिको स्थापना गरिएको जानकारी दिए । यसअघि आयोजित वक्तृत्वकलामा प्रथम हुने रिया श्रेष्ठ, दोस्रो हुने ऋतु राई, तृतीय हुने अमिषा रिसाल र सान्त्वना स्थान हात पार्ने नविना मग्रातीलाई क्रमशः १ हजार, ७ सय, ५ सय र ३ सयप्रदान गरिएको थियो । कार्यक्रममा आरजे रमेश प्रसाईं, बाल सञ्जाल समिति धरानकी अध्यक्ष अप्सरा खत्री, सृष्टिना गिरीलगायतले तालिमले आत्मविश्वास बढाएर लाने बताए । मिस एसईई २०१८ की विजेता नविना मग्रातीले तालिमको अनुभव सुनाइन् । कार्यक्रममा सुनाखरी एकेडेमीका विद्यार्थीले नृत्य पस्किएका थिए । कार्यक्रमको सञ्चालन करिष्मा तामाङले गरेकी थिइन् ।