विराटनगर । विराटनगर महानगरपालिकामा अज्ञात समुहले राखेकाे कुकर बम अाज २ बजे विष्फाेट भएकाे छ । मेयर भीम पराजुलीकाे कार्यकक्ष नजिकै भएकाे बिष्फाेटबाट मानविय क्षति नभएपनि मेयर चढ्मारने सवारीमा सामान्य क्षति पुगकाे छ । बम बिष्फाेटकाे अावाजबाट कार्यालय सहयाेगी शिवचन्द्र ठाकुर बिरामी भएपछि उनलार्इ उपचारकाे लागी काेशी अञ्चल अस्पताल लगिएकाे ब्लाष्ट दैनिक विराटनगर संवाददाताले जनाएका छन् । ठाकुर पहिलेदेखि मुटु राेगी रहेकाे बताइएकाे छ । मेयर पराजुली अाफ्नाे कार्यालयमा बसेर काम गरीररहेकै बेला बम बिष्फाेट भएकाे हाे । अहिले घटनास्थलमा  नेपाली सेना र नेपाल प्रहरीकाे संयुत्त  टाेलीले घटनाकाे अनुसन्धान गररीरहेकाे छ ।