इटहरी । सुनसरीमा युवाको लागि सुरक्षित स्थान भन्ने नाराका साथ १९ औं अन्तर्राष्ट्रिय युवा दिवस समापन भएको छ । आइतबार एक कार्यक्रमका बीच सप्ताहव्यापी कार्यक्रम समापन भएको हो । विभिन्न कार्यक्रम गर्दै युवा दिवस समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमा युवाहरुको भूमिका आवश्यक भएको बताए । युवाहरु देश विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । ‘युवाहरु देशका मेरुदण्ड हुन्’ –उनले भने । युवाहरुको भूमिका देशले खोजिरहेको बताउँदै मन्त्री घिमिरेले भने, ‘देश विकासमा सबै लागौं ।’ कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले युवाहरुलाई अग्रसर बनाउनुको विकल्प नभएको बताएका थिए । कार्यक्रम जिल्ला युवा समितिको कार्यालय सुनसरी, युनेस्को नेपाल, युथ क्रिएसन र युवा विकास केन्द्रको संयुक्त आयोजनामा भएको थियो । महिला, जनजाति, अल्पसंख्यक, जोखिममा परेका दलित, मधेसीलगायत विभिन्न समुदायका युवालाई समेटिने गरी कार्यक्रम आयोजना गरेको हेल्पिङ युथ क्लबका अध्यक्ष विकल पौडेलले जनाए । उनका अनुसार स्वास्थ्य शिविर, स्लो बाइक रेस, साइकल ¥याली, नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगितालगायतका कार्यक्रम गरिएको थियो ।