काठमाडौँ/ सरकारले अब ६ प्रकारका पासपोर्ट जारी गर्ने भएको छ। हाल सरकारले ४ प्रकारका पासपोर्ट जारी गर्ने गरेको छ। हाल कुन कुन पासपोर्ट जारी गर्छ ? हाल सरकारले निम्न प्रकारको पासपोर्ट जारी गर्छ।
कूटनीतिक (रातो), विशेष (नीलो), साधारण (हरियो), यात्रा अनुमतिपत्र र ट्राभल डकुमेन्ट (कालो) सरकारले संसदमा पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ। थपिने दुई प्रकारका राहदानीमा 'सर्भिस पासपोर्ट' र 'सिम्यान्स पासपोर्ट' छन्।
सर्भिस पासपोर्ट : विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई 'सर्भिस पासपोर्ट' दिने व्यवस्था गरिएको छ। सिम्यान्स पासपोर्ट स् पानीजहाजमा काम गर्नेहरूका लागि साधारण हरियो पासपोर्टसँगै 'सिम्यान्स पासपोर्ट'का रूपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ। पानीजहाजमा काम गर्नेका लागि राहदानी र भिसाको समस्या नहोस् भनेर यस्तो निर्णयमा विभाग पुगेको हो।