इटहरी/ विराटनगर महानगरपालिका परिसरमै बम विष्पोट भए पछि प्ररीले एक नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारी कार्यलयहरुमा पनि विष्पोट हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था हाईअर्लट बनाएको हो । अहिले सरकारी कार्यलयहरुमा २४ घण्टा सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २९ गते सोमबार कार्यकर्ता फक्राउ गरेको विरोधमा नेपाल बन्द गरे सँगै प्रहरीले सुरक्षा व्यवस्थालाई हाईअर्लट बनाएको प्रहरीले जनाएको छ । अहिले प्रदेश एकका प्रमुख सरकारी कार्यलयहरु प्रहरीकै सुरक्षामा राखिएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । सम्भावित घट्नालाई मध्यनजर गदै प्रहरी सुरक्षा कडा बनाएको प्रहरी बताउँछ ।

अहिले इटहरी आसपासका सरकारी कार्यलयहरुमा कुकुर समेत प्रयोग गरी सुरक्षा व्यवस्था कडा गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिसपी शिव श्रेष्ठले बताए । उनले भने अहिले हामीले कडा सुरक्षाका साथ सुरक्षा व्यवस्था मिलाएका छौ । सरकारी कार्यलयहरुमा हुन सक्ने सम्भावित घट्नालाई हेदै कुकुर समेत परिचालन भएको उनको भनाई थियो । केहि माथिल्लो निर्देशन र केहि आफ्नै रणनितिका साथ प्रहरी परिचालन गरेको डिएसपी श्रेष्ठको भनाई छ । ठाउँ ठाउँमा प्रहरी परिचालन गरेको उनी बताउँछन् ।  विप्लप कार्यकर्ताहरु इटहरी आसपासको क्षेत्रमा धेरै पक्राउ परे सँगै यस क्षेत्रमा विप्लपको गतिविधि हुन सक्ने भन्दै प्रहरी इटहरी आसपासको क्षेत्रमा सुरक्षा मजबुद बनाईएको प्रहरीको भनार्इ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले अहिले सर्वसाधरणहरुको भिडभाड भएको ठाउँसँगै सरकारी कार्यालयहरुमा विशेष सुरक्षा व्यवस्था बनाएको बताउँछन् । अहिले सरकारी तथा ठुला कार्यालयहरुमा २४ घण्टा सुरक्षा व्यवस्था मिलाएका छौँ, एसपी अधिकारीले भने । विप्लप कार्यकर्ताहरुको उश्रृंखल गतिविधिलाई निरुत्साहित गर्ने अभियानमा प्रहरी लागेको उनको भनाई छ ।

एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजालले विप्लप गतिविधि बढे पछि सुरक्षालाई हाईअर्लट बनाईएको बताए । अहिले अरु बेलाको भन्दा धेरै प्रहरी परिचालन गरेको उनी बताउँछन् । सादा पोसाकका प्रहरीहरु पनि ठुलो संख्यामा परिचालन भएको छ उनी भन्छन् । एक नम्बर प्रदेशका ठुला तथा सर्वसाधरण भिडभाड हुने ठाउँमा उच्च सुरक्षा व्यवस्था अपनाईएको छ।, डिआईजी रिजालले भने । पछिल्लो समयमा विप्लपको गतिविधि समेत बढ्रदै गएको प्रहरीको निश्कर्ष छ । अहिले सरकारी कार्यलयहरुमा विप्लपको थ्रेड हुन सक्ने भन्दै सुरक्षालाई थप कडा बनाएको छौँ, उनले थपे ।

विप्लप सँगै अबैध गतिविधि गर्नेहरुलाई विशेष अभियान चलाई पक्राउ गर्ने प्रहरीले बताएको छ । सुनसरी मोरङसँगै पूर्वी पहाडी जिल्लामा विप्लपको गतिविधि बढेको कारण सुरक्षामा असर पर्ने सक्ने भन्दै सुरक्षालाई कडा बनाईएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ । अहिले विप्लपको चन्ताआतंक समेत बढेको ब्यापारीहरु बताउँछन् । इटहरी तथा आसपासको क्षेत्रबाट ब्यापारीलाई जबरजस्ती चन्दा माग्ने गरेको भए पनि डर र त्रासका कारण ब्यापारीहरु बोल्न सकेका छैनन् ।

इटहरी उपमहानगरपालिकामा परिसरमा कुकुर परिचलान गदै प्रहरी तस्विर ः धनबहादुर पुरी