इटहरी/ शहरिया जिवनशैलीसँगै बजारमा पिजाको माग बढेको छ ।

खाजाको रुपमा खाईने थुक्पा,चाउमिन,मःमसँगै पछिल्लो समय शहर क्षेत्रमा पिजाको माग बढ्दो छ । शहरमा पिजाको माग बढेको भन्दै एक नम्बर प्रदेशमै पहिलो पटक इटहरीका एक युवाले द पिजा कटर सञ्चालनमा ल्याएका छन् ।  केहि वर्ष युकेमा होटल म्यानेजमेन्ट पढेर नेपाल फर्केका इटहरी २० तरहराका बिकास बनले आफ्नै देशमा रोजगार बन्न पिजा हाउस सञ्चालनमा ल्याएको बताए । शहरीयाहरुलाई लक्षित गरी पिजा मात्र बेच्ने उदेश्यले द पिजा कटर सञ्चालनमा ल्याएको उनी बताउँछन । २० लाखको लगानीमा पिजा सञ्चालनमा ल्याएको उनको भनाई छ । एक सयमा पिजा बेच्ने गरेको उनको भनाई छ ।

पिजालाई बच्चाले बढी रुचाउने गरेका छन् । मुनाफा तुरुन्त नखोजेर भविष्य हेरेर व्यवसायलाई अगाडी बढाएको बनको भनाई छ । विदेश जानु भन्दा पनि सोच बनाएको उनी बताउँछन् । युवाहरु विदेश जानु भन्दा पनि आफ्नै देशमा केहि गर्नु पर्छ भनेर द पिजा कटर खोलेको उनको भनाई छ । आफ्नो अनुभव हासिल गरेका उनले व्यवसायलाई व्यवस्थित गरेर लाने सोच बनाएको बताउँछन ।