उर्लाबारी । दुर्गापुरी बजारको विकासको माध्यम बनेको छ राजघाट उज्यालो समाज । चारवर्ष अघिसम्म अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको उर्लाबारीको दुर्गापुरी बजारको मुहार सो समाजको माध्यमबाट फेरिएको छ । पूर्व–पश्चिम राजमार्गको उर्लाबारी चोकदेखि ४ किमी दक्षिणमा रहेको उर्लाबारी बजारको प्रभाव र स्थानीयको सक्रियता नभएका कारण ओेझेलमा परेको सो बजारको विकासमा चार वर्षको अवधिमा अतुलनीय फट्को मारेको ठम्याइ स्थानीय सामाजिक अगुवा रामजी थापाको रहेको छ  । दुर्गापुरी बजारमा रहेको अरनिको माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका अध्यक्ष थापाले उज्यालो अभियानको गठनसँगै उसले गरेका विकासका कारण बजारको मुहार फेरिएको बताए । सो समाजका अध्यक्ष हेमराज गुरुङले बजारको अवस्था ज्यादै नाजुक भएपछि सो समाजको अगुवाइमा बजारक्षेत्रमा इन्भर्टर सोलार जडान, बजार व्यवस्थापन, सुरक्षा निकायसँगको समन्वय र सरसफाइसँगै बजारवासीमा व्यवसायिक तथा सामाजिक चेतना ल्याएपछि व्यापारीहरू बाहिर जान छाडेको बताएका छन् । उज्यालो समाजको गठन हुनु अघिसम्म चोरी, झगडाका कारण बजारवासी हैरान भई विकल्पको खोजीमा थिए तर स्थानीय युवाहरूको सक्रियतामा बजार व्यवस्थापन तथा समस्यालाई समाधान गर्नतर्फ अग्रसर भएपछि व्यवसायीहरू उत्साहित बनेको दुर्गापुरी बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लोकबहादुर श्रेष्ठले बताए । व्यवसायीमा सुरक्षालगायतका राम्रो व्यवसायिक वातावरण भएका कारण व्यवसायीहरू व्यापार गर्न आउने क्रममा रहेको बताएका छन् । बत्तीमुनी अँध्यारो भन्ने नेपाली उखान झैँ ४ किमी उत्तरमा रहेको उर्लाबारी बजारको छाया“मा परेको सो बजारलाई नगरकै दोस्रो बजारको रूपमा विकसित गर्ने अभियानमा लागेको बताउँदै समाजका अध्यक्ष गुरुङले दुर्गापुरी बजारसँगै २१ करोडको लागतमा एभरेष्ट फन पार्कको निर्माण शुरु गर्ने योजना रहेको बतााए । सो क्षेत्रलाई व्यवसायिक करीडोरका रूपमा विकास गर्ने उदेश्यका साथ अगाडि बढिरहेको बताए । ओझेलमा परेको दुर्गापुरी बजारमा पाँच वर्ष भित्रमा पूर्वाञ्चलभरिबाट हजारौँ पर्यटक भिœयाउने महत्वकांक्षी योजना रहेको अध्यक्ष गुरुङले बताए । उनले भने, ‘योजना पूरा नभएसम्म निरन्तर लागिपर्छौँ ।’