झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका-६ स्थित देउराली होटलको छतबाट खसेर साउन २९ गते मंगलबार १ जनाको मृत्यु भएको छ । उक्त होटलमा रुम बुक गरी बसेका जिल्ला कास्की पोखरा महानगरपालिका-१६ लामचौकर बस्ने वर्ष ४० को दिपेन्द्र बाँनिया मंगलबार बेलुकी ८:३० बजे पाँच तले होटलको छतबाट खसेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते बाँनियालाई उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उनको सोही अस्पतालमा राती १०:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भईरहेको छ ।
होटलको छतबाट खसेर एकको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































