इटहरी । आफ्नै नावालाक जुम्ल्याह बच्चाको निर्मम हत्या गरी फरार भएकी २० बर्षिया कमला बिक शुक्रबार इटहरीबाट पक्राउ परेकी छिन । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ की बिकलाई इटहरी प्रहरीको टोलीले पक्राउ गरेको हो ।

जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरी फरार भएकी थिइन । माइती गएको बेला जुम्ल्याह सन्तान बेपत्ता बनेकी उनलाई इटहरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले बताए । शुक्रबार इटहरीबाट धरान तर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको र उनलाई शुत्रबार नै ताप्लेजुङ पठाएको जनाए ।