धनकुटा/ तामाङ पत्रकार सङ्घको १ नम्बर प्रदेशको अध्यक्षमा सन्तवीर लामा अध्यक्षमा चयन भएका छन् । उनी ब्लाष्ट दैनिकका धनकुटा संवाददाता हुन् । सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) चयन भए । यसैगरी सदस्यहरूमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (सङ्खुवासभा), धनकुमार तामाङ (सुनसरी) लगायत १७ सदस्यीय समिति चयन भएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुबाट सदस्य चयन गरिने अध्यक्ष लामाले बताए । यसक्रममा अध्यक्ष लामा र उदयपुरबाट राजधानी दैनिकमा कार्यरत इन्द्र तामाङलाई सम्मानित गरिएको थियो । त्यसैगरी एसईई परीक्षामा धनकुटा जिल्लाबाट प्रथम हुने धनकुटा–६ का हेन्साङ दोर्जे लामालाई पनि सम्मानित गरियो । उनीहरूलाई महासचिव वुद्ध योञ्जन तामाङ र धनकुटा नगर प्रमुख चिन्तन तामाङले सम्मानित गरे । प्रमुख अतिथि बुद्ध तामाङले तामाङ संचारकर्मीहरूले हराउँदै गएको तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिलाई जोगाउन कलम चलाउनु पर्ने बताए । सङ्घका १ नम्बर प्रदेश भेला आयोजक समितिका संयोजक विश्वराज तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।