पथरी/ सौन्दर्य कला व्यावसायी सङ्घ पथरीको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाका क्रममा धरानकी सासा पार्लरकी सञ्चालिका कमला लिम्बूले मेकअप र हेयर कलरबारे टिप्स दिइन् । उनले प्रयोगात्मक तरिकाले टिप्सबारे जानकारी गराइन् । सङ्घका पूर्वाञ्चल उपाध्यक्ष लीला राईले सरकारले गरेको चर्को करविरुद्ध व्युटिसियन पनि सडकमा उत्रिनु पर्ने बताइन् ।  सङ्घकी अध्यक्ष कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा दिक्तेल इन्स्टिच्युटका सतासक चाम्लिङले नयाँ व्युटिसियनहरूले सीटीइभीटीबाट प्रमाण–पत्र लिएर व्यावसायिक बन्नु पर्ने धारणा राखिन् । कार्यक्रम मनकामना सामुदागिक वन पथरीशनिश्चरे–१ को पर्यटक स्थलमा शुक्रबार कार्यक्रम भएको थियो ।