पानवारी । परिवर्तनशिल समाज नेपालका क्रियाशिल प्रतिनिधिहरुको भेलाले सर्वसम्मत रुपमा कार्य समिति चयन गरेको छ । समाजको सभापतिमा विश्वराज शर्मा चयन भएका छन् । त्यसै गरी बरिष्ठ उपसभापतिमा महेन्द्र यादव चयन भए भने उपसभापतिमा श्याम सुन्दर प्रधान र दिलकुमार बन चयन भएका छन् । शनिबार भएको भेलाले सचिवमा दिनेश न्यौपाने, कोषाध्यक्षमा रमेश थापा र सह–सचिवमा आशिष कटुवाललाई चयन गरेको छ । परिवर्तनशिल समाज नेपाल विभिन्न सामाजिक सेवामा समर्पित हुने उदेश्यले भर्खरै मात्र स्थापना भएको हो । समाजको प्रमुख संरक्षकमा चन्द्रप्रसाद श्रेष्ठ, संरक्षक भवानी ढकाल र सल्लाहकारहरुमा महेशमोहन पलिखे र भीष्म काफ्ले रहेका छन् ।