विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकास्थित मुक्ति कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारणसभाबाट अर्जुनकुमार आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको साधारणसभाबाट आचार्य अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा अविनारायण लुइटेल, सचिवमा युवराज कोइराला, कोषाध्यक्षमा गीता श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा पदमप्रसाद दाहाल, लोकनाथ फुयाँल र युवराज लुइँटेल छन् । ४९ जना शेयर सदस्य रहेको कृषि सहकारीले दूध सङ्कलन तथा बिक्रीको काम गर्दै आएको छ । सहकारीको २ लाख ४० हजार शेयर पूँजी रहेको कृषि सहकारीको वार्षिक आम्दानी २ लाख ८५ हजार ९ सय ४१ रुपैयाँ रहेको छ । ४ वर्षअघि स्थापना भएको सहकारीको स्थिर सम्पत्ति ८ लाख १६ हजार रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।