-
Home
-
पूर्व
-
उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचन
उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचन
उर्लाबारी । आसन्न उर्लाबारी उद्योग वाणिज्य सङ्घको निर्वाचनको नेतृत्वमा अघिल्लो पटकका प्रत्यासीबीच नै यसवर्ष पनि प्रतिस्पर्धा हुने भएको छ ।
सङ्घको बिहीबार भएको उम्मेदारी मनोनयनमा गत वर्षका अध्यक्षका तीनजना प्रत्यासीहरुले नै पुनः अध्यक्षमा उम्मेदवारी दिएपछि पुरानै अनुहार आउने निश्चित भएको हो । सङ्घको ३२ पदका लागि स्वतन्त्रसहित ३४ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
सङ्घको अध्यक्ष पदमा हालका अध्यक्ष चन्द्रबहादुर भट्टराई(भरत) तथा गतवर्षका उप–विजेताहरु प्रितम खड्गी र धर्मराज शाक्यले पुनः अध्यक्ष पदमा उम्मेदारी दिएका छन् । भट्टराईले नेकपा र राप्रपाको साझा प्यानल निर्माण गरेका छन् भने खड्गीले नेपाली काङ्ग्रेस, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नया“ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको लोकत्रान्त्रिक गठबन्धनको प्यानल तथा निवर्तमान अध्यक्ष धर्मराज शाक्यले स्वतन्त्र उम्मेदारी दिएका छन् ।
यसरी भट्टराईको साझा प्यानल र खड्गीको लोकतान्त्रिक प्यानलबाट सोह्र पदमा प्रतिस्पर्धा हुने भएको छ । भट्टराई र खड्गी प्यानलबाट क्रमशः वरिष्ठ उपाध्यक्षमा इन्द्रबहादुर भट्टराई र विनोद न्यौपाने, उद्योग उपाध्यक्षमा यामलाल रसाइली र अरुण अग्रवाल, वाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारी र सङ्गीता अधिकारी, महासचिवमा रामबहादुर थापा र हेमराज गुरुङ, उद्योग सचिवमा सम्झना खतिवडा(आचार्य) र प्रदीप खनाल, वाणिज्य सचिवमा तारा श्रेष्ठ र नेत्रप्रसाद आपागाई, कोषाध्यक्षमा सुनिल बोहोरा र देवीबहादुर सुवेदी(सानु) बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी कार्यसमित सदस्यहरुमा भट्टराई प्यानलबाट युगल राई, यज्ञबहादुर बस्नेत, डिल्ली खतिवडा, योगेन्द्रकुमार निरौला (आशिष), शङ्कर थपलिया तथा खड्गी प्यानलबाट कार्यसमिति सदस्यहरुमा सञ्जय शर्मा, निर्मला चौहान(निरु), कृष्णराज गिरी, टिङ्कु गिरी, कुसुम राईले उम्मेदवारी दिएका छन् ।
यसैगरी सङ्घको लेखा समितिका भट्टराई प्यानलबाट संयोजकमा केदार रिजाल तथा सदस्यहरुमा जङ्गबहादुर कार्की र बिनिता दाहाल र खड्गी प्यानलबाट संयोजकमा दोर्णबहादुर अधिकारी तथा सदस्यहरुमा सुरेश राई र दीपक गहतराजले उम्मेदवारी दिएका छन् भने कार्यसमितिको सदस्य पदमा स्वतन्त्र प्रकाशचन्द्र भट्टराईले उम्मेदारी दिएका प्रमुख निर्वाचन अधिकृत महेन्द्रजङ तामाङले बताएका छन् ।