विराटनगर । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मोरङको अध्यक्षमा राजेन्द्रप्रसाद यादव चयन भएका छन् । विराटनगरमा भएको क्यानको प्रथम साधारण सभाले यादवलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रविण कुण्डलिया, सचिवमा सुमित कुमार साह, सह–सचिवमा स्वपनिल कार्की, कोषाध्यक्ष सौरभ गोल्छा चयन भएका छन् । त्यस्तै समितिको अन्य सदस्यहरुमा आशिष धनावत, जय प्रकास गुलगुलिया, जयन कुमार बोथरा, अजित चापागाँइ रहेका छन् । कार्यक्रममा क्यानका महासचिव रंजितकुमार पोदार, केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ, प्रदेश नं. १ अध्यक्ष देवकुमार सुब्बा, प्रदेश महासचिव भवकृष्ण तिमसिना, अधिवक्ता नवराज दाहाल लगायतको उपस्थीति रहेको थियो ।