पानवारी  । कृषि उपज बजार स्थलमा रहेको व्यवस्थापन समितिले कृषक र व्यवसायीबाट दोहोरो कर असुली गरेको भन्दै भानु सब्जि तथा फलफुल व्यवसायी समितिले विरोध गरेको छ ।

कृषि बजार व्यवस्थापन समितिले ग्राहकसँग करका नाममा थप शुल्क लिने गरेको भानु सब्जि तथा फलफुल व्यवसायी समितिले बताएको छ । सोमबार भानु सब्जि तथा फलफुल व्यवसायीले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आफुहरु कुनै पनि हालतमा दोहोरो शुल्क नतिर्ने पक्षमा रहेको बताएका छन् । व्यवसायीले सिधै कृषकबाट फलफुल तथा तरकारी खरिद गर्न पाउनुपर्ने माग समेत राखेका छन् ।

उनीहले कृषि उपज बजारले एकाधिकार कायम राखेसम्म उपभोक्ताले जहिले तरकारी महंगो मुल्यमा खरिद गर्नुपर्ने बताएका छन् । भानु सब्जि तथा फलफुल व्यवसायी समितिका अध्यक्ष हर्कप्रसाद तुम्रोकले आफुहरुको माग सुनुवाई नभए विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् ।

उनका अनुसार मागलाई बेवास्ता गरे सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने, शान्तिपुर्ण र वैधानिक संघर्षका लागी न्यायलयसम्म पुग्न सकिने छ । अहिले कृषि बजारमा नपुर्याई धरानका कुनैपनि खुद्रा पसलमा कृषिजन्य वस्तु विक्री गर्न नपाइने गरी कृषि उपज बजारले सिण्डिकेट लगाएको भानु सब्जि तथा फलफुल व्यवसायी समितिका सचिव राजेन्द्र दर्नाले बताए ।

उनका अनुसार कृषि उपज बजारले एकाधिकार कायम गरी सबै कृषि जन्य वस्तु अनिवार्य रुपमा कृषि बजार पु¥याउनुपर्ने र तिनीहरुलाई दोहोरो शुल्क नबुझाइ बजारमा बेच्न नपाइने भएकोले यस्तो प्रथा अन्त्य गरियोस् । दोहोरो शुल्क बुभाएर तरकारी बेच्न राख्दा त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको समेत गुनासो गरे ।