विराटनगर । अज्ञात समुहबाट भएको सेक्युरेटी गार्डको विभत्स हत्या गर्ने हत्यारालाई पक्राउ गरि हदैसम्मको कारबाहीको माग राख्दै शवसहित विराटनगरमा प्रर्दशन गरेका छन् ।
सुरक्षा गार्डको रुपमा कार्यरत विराटनगर– ४ पिपल चौकका ५० वर्षिय टंक भट्टराईको हत्या गर्ने हत्यारा पक्राउ नपरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग राख्दै आफन्तहरुले सोमबार शवसहित प्रर्दशन गरेका हुन् ।
विराटनगरमा रहेको विराट अस्पताल नजिकैको न्यू बिक्की हार्डवेयरको सुरक्षा गर्दा भट्टराईको हत्या भएपछि आइतबार दिउँसो शव फेला परेको थियो । भटराईको शव धरानस्थित विपि कोइराला विज्ञान प्रष्ठिानमा पोस्टमार्टम लगतै शवसहित आफन्त र छिमेकीहरु प्रर्दशनमा उत्रिएका हुन् । विराटनगर ४ पिपल चौक स्थित घरबाट निस्किएको शवसहितको प्रदर्शन बरगाछी चौकहुँदै चाँदनी चौकमा रहेको न्यू बिक्की हार्डवेयरको पसल अगाडी शव राखेर प्रर्दशनमा उत्रिएका थिए ।
उनीहरुले ‘माजदुर मार्न पाइदैन, हत्यारा चाँडो पक्राउ गरि कारबाही गर, हत्या हिंसा बन्द गर, शान्ति सुरक्षा कायम गर, लगायतको विभिन्न नारा लगाएका थिए । हत्यारालाई कारबाहीको माग गर्दै उनीहरुले सडक समेत केही बेर जाम गरेका थिए ।
प्रहरीको अनुसार यस प्रकरणमा अनुसन्धानको लागि हार्डवयरमा कार्यरत कर्मचारीहरुसँग पनि अनुसन्धान गरेको छ । तर, यस घटनालार्इ लिएर प्रहरीले सोमबारसम्म कसैलाई पक्राउ गरेको छैन ।